Hindi Films

फुटबल खेल्दा युएईमा एक नेपालीको मृत्यु

Unknown | 16:02 | 0 comments

युएई, कात्तिक २४– युएईको अबुधाबीमा एक नेपाली कामदारको मृत्यु भएको छ । आबुधाबी पुलिस फोर्स अलएउनमा कार्यरत चितवनका दिपक अधिकारीको फुटबल खेल्नेक्रममा अकस्मात मृत्यु भएको हो । शनिबार कार्यरत कम्पनीकै क्लबमा फुटबल खेल्दाखेल्दै उनी एक्कासी मुर्छा परेका थिए ।
लगत्तै अस्पताल लैजादैं गर्दा बाटैमा उनको मृत्यु भएको थियो । ११ बर्ष अगाडी रोजगारको शिलशिलामा यूएई आइपुगेका ३७ बर्षिय अधिकारी केहि बर्ष यता आफ्नै परिवारसँग युएईमा रहदै आएका थिए। अहिले उनको शबलाइ जिमी हस्पिटलमा पोस्टमार्टमको लागि राखिएको छ। पोस्टमार्टम लगतै कानुनी तथा आबश्यक प्रकृया पुरा गरी शब नेपाल पठाउन तयारी भइरहेको बताइएको छ । मृतकका अधिकारीको एक छोरा, श्रीमती र बाबुआमा छन् ।

Category:

0 comments