Home �
gossip
� एकपछि अर्को गर्दै संसारलाई चकित पार्दै चीन !
Unknown |
06:44 |
0
comments
November 25, 2014
एजेन्सी । चीनले संसारको सबैभन्दा लामो रेलमार्ग निर्माण गरेको छ ।
चीनको पूर्वी सहर इबुदेखि स्पेनको रियल म्याड्रिडसम्म पुग्ने रेलमार्ग निर्माण गरेको हो । २१ दिने यात्रा गर्दा पुगिने सो रेलमार्ग ६ हजार २ सय माइल लामो रहेको छ । यसभन्दा अघि रसियाले बनाएको ट्रान्स–साइबेरीया रेलमार्ग सबैभन्दा लामो रहेको थियो ।
नयाँ बनेको रेलमार्गले चीनको सुदुर पश्चिम क्षेत्र जीनजियाङलाई समेट्दै एसीयाको मध्यभाग काजखस्तान हुँदै जानेछ । यसले रसिया, बेलारुस, जर्मनी, पोल्याण्ड र स्पेनको राजधानी म्याड्रिडलाई छुनेछ ।
युरोप र चीनको व्यापारिक सम्बन्धलाई बढाउन यो रेलमार्गले सहयोग गर्ने बुझाइ रहेको छ । यातायातमा युरोपीयनहरुको दबाब रहेकाले चीनले आफ्नो उपस्थिती जनाउन पनि रेलमार्ग निर्माण गरेको विश्लेषकहरुको भनाइ रहेको छ ।
रेलमार्ग निर्माणका लागि ४० करोड विलियन डलर खर्च भएको चिनिया सरकारले जनाएको छ ।
Category:
gossip
0 comments