नायिका विना मलिकलाइ किन २६ बर्षको जेल सजाय सुनाइयो?
|
काठमाडौं, मंसिर १० – समय–समयमा विवाद आइरहने पाकिस्तानी नायिका विना मलिक पुनः विवादमा तानिएकी छिन् । उनीसँगै पाकिस्तानको सबैभन्दा ठूलो मिडिया समूह जिओ टिभीका मालिक र उनका पति तथा अभिनेता असद बसिर खानलाई टिभीमा आपत्तिजनक कार्यक्रम संचालन गरेको अरोपमा पाकिस्तानी अदालतले २६ वर्ष कैद सजाय सुनाएको छ ।
उनीहरुमा धर्मको अपमान गरेको आरोप लगाइएको छ । जिओ टिभीका मालिक मिर सकिल उर रहमानमाथि धर्मको अपमान गर्ने कार्यक्रम आफ्नो टिभी च्यानलमा प्रशारण गर्न दिएको आरोप लगाइएको छ । गत मे महिनामा मलिक र पति बसिर खानको ठट्टा विवाहका दौरान धार्मिक गीत बजाइएको थियो ।
जिओ टिभीको विहान प्रशारण गरिएको उक्त कार्यक्रममा सुफी संगीतकारहरुले प्रोफेट मोहमदको छोरीको विवाहको बारे धार्मिक गीत बजाइरहँदा मलिक र उनका नयाँ पति नाचिरहेको देखाइएको थियो ।
आतंकवाद विरोधी अदालतका न्यायाधीस सहवाज खानले जिओ टिभीका मालिकका साथै कार्यक्रमका प्रस्तोता साइस्ता वाहिदीलाई पनि २६ वर्षको जेल सजाए सुनाएको छ ।
अदालतले आरोपीहरुबाट १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकेको छ । जरिवाना बुझाउन नसकेमा उनीहरुको सम्पत्ति लिलामी गरेर भए पनि उक्त रकम असुल गर्न आदेश दिएको छ ।
उनीहरुले क्षेत्रीय अदालतमा पुनरावेदन दिन सक्ने बताइएको छ ।
चारै जानाले यतिबेला आतंकवादी समूहवाट धम्कीहरु पाइरहेको बताइएको छ । चारै जना देश छाडेर युएई गइसेकेको पाकिस्तानी मिडियाले बताएका छन् ।
|
Category: CelebrityNews And Gossips
0 comments