Hindi Films

‘एक किस दिए कारबाही नगर्ने’ भन्दै ट्राफिकले मागे युवती संग किस

Unknown | 03:15 | 0 comments

४ मंसिर, काठमाडौं । चेकिङका क्रममा सामान्यतः ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन् । तर, मादक पदार्थ सेवानको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असई पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन् । प्रहरी आचरण विपरीतको काम गरेको भन्दै असइ ढकाल निलम्बनमा परेको नयाँ पत्रिकामा खबर छ । डिल्लीबजारमा सोमबार बेलुका मापसे चेकिङमा खटिएका असइ ढकालले ‘एक किस दिए कारबाही नगर्ने’ भन्दै एक युवतीलाई दुव्र्यवहार गरेको ट्राफिक महाशाखाका एक अधिकारीले बताए । युवतीले उजुरी गरेपछि ढकाल कारबाहीमा परेका हुन् । प्रहरीका अनुसार चेकिङका क्रममा स्कुटीमा सवार ती युवतीसँग कागजपत्र थिएन । तर, आफूलाई छाडिदिन युवतीले असइ ढकाललाई आग्रह गरेकी थिइन् । तर, ढकालले आफूलाई एकपटक किस गरे कारबाही नगर्ने भन्दै बार्गेनिङ गरेका थिए । पछि उनी डिल्लीबजारबाट अनामनगरसम्म ती युवतीकै स्कुटरमा थिए । युवतीको मोबाइल नम्बर लिएर बेलुकासमेत असइ ढकालले उनलाई फोन गरेको उजुरीमा उल्लेख गरिएको छ । स्कुटरमा चढेका बेला आफूमाथि दुव्र्यवहार गरेको आरोप युवतीको छ । source:tato khabar

Category:

0 comments