Hindi Films

अश्लीलता रोकिएपछि बढ्यो नेपाली चलचित्रको व्यापार

Unknown | 03:26 | 0 comments

धेरै चलचित्र बन्दा राम्रालाई पनि असर विजय आवाज गत वर्षसम्म नेपाली चलचित्रको व्यापार साखै गतिलो थिएन । निर्माताहरु ‘चलचित्रमा लगानी बालुवामा पानी’ भन्थे । केही आशा गरिएका चलचित्रले दर्शकलाई निराश बनाउँदा अन्य चलचित्र पनि मर्नुपर्ने अवस्था थियो । तर, समयमा केही परिवर्तन भएको छ । यो वर्ष नेपाली चलचित्रको व्यापार विगत केही बर्षभन्दा धेरै नै माथि रहेको वितरक र निर्माताहरु स्वीकार गर्छन् । दर्शकको स्वाद फेरिनु र नयाँले राम्रो चलचित्र पस्कन थालेपछि व्यापार केही उकासिएको हो । करोड क्लब स्थापित हुँदै बलिउडमा २ सय करोड स्थापित हुँदै गर्दा नेपालमा भने करोड क्लबले स्थान पाउँदैछ । यो वर्षमात्र केही चलचित्रले आफूलाई राम्रो व्यापारको स्थानमा लगेका छन् । गत वर्षको अन्त्यमा चलेको चलचित्र ‘नाई नभन्नु ल २’ले ५ करोड हाराहारीको व्यापार गर्‍यो । व्यापारिक आँकडाले निर्माताको हातमा २ करोड माथि परेको देखिन्छ । यो बर्षको सुरुवातमै प्रदर्शनमा आएका ‘कबड्डी’, ‘नोभेम्बर रेन’ सफल भए । दुबै चलचित्रले निर्मातालाई सुखद व्यापारको अनुभूति गराए । यस्तै, ‘हिम्मतवाली’, ‘लज्जा’, ‘जेरी’ गतिलो व्यापार गर्ने चलचित्रमा पर्छन् । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको लगानी र अभिनय रहेको चलचित्र ‘कोहिनुर’ले त सबै व्यवसायिक रेकर्ड तोडिदियो । चलचित्रले १२ करोडको हाराहारीमा व्यापार गर्‍यो । विदेशबाट पनि चलचित्रलाई राम्रो कमाइ भित्रियो । यीबाहेक ‘बिर्खेलाई चिन्छस्’, ‘स्टुपिड मन’, ‘टलकजंग भर्सेस टुल्के’ लगायतका चलचित्र पनि राम्रै चले । युवापुस्ताको आकर्षण बढ्दै कात्तिक २८ गतेबाट चलेको चलचित्र ‘जेरी’ले ४ दिनमै १ करोड ग्रस कमायो । रेखा थापा र छविराज ओझाले निर्माण गरेका दुई चलचित्र क्रमसः ‘हिम्मतवाली’ र ‘लज्जा’ मल्टिप्लेक्समा भन्दा सिंगल हलमा गजबैले चले । दुबै चलचित्रबाट निर्मातालाई फाइदा भयो । दर्शक यतिबेला नेपाली चलचित्रप्रति आकषिर्त भएको बुझाई वितरक तथा निर्माता माधव वाग्लेको छ । उनका अनुसार नयाँ कलाकार र मेकरलाई दर्शकले पत्याउन थालेका छन् । अश्लील चलचित्र रोकिनुको फाइदा विगत केही वर्ष नेपालमा अश्लील चलचित्रको बाढी नै लाग्यो । एकपछि अर्का यस्ता खालका चलचित्र बन्दा दर्शक हलसम्म जान नै छोडे । एफडीका प्रमुख एवं वितरक प्रदीप उदय अश्लील चलचित्रले नेपाली चलचित्रको बजार बिगारेको बताउँछन् । उनका अनुसार, अश्लील चलचित्र आउँदा दर्शक सबैखालका चलचित्र एउटै हुन् भन्ने सोच्थे । तर, यस्ताखालका चलचित्र पूर्णरुपमा असफल भएपछि नेपाली चलचित्र बजार फेरिएको हो । यो बर्ष नेपाली बजारमा यस्ता खालका चलचित्र छैनन् भन्दा पनि हुन्छ । जसका कारण पनि सबैखालका दर्शक निष्पिmक्री हलमा गएर नेपाली चलचित्र हेरिरहेका छन् । मल्टिप्लेक्समा नेपाली चलचित्रको स्थान वितरक माधव वाग्लेको भनाइलाई मान्ने हो भने नेपाली चलचित्रले मल्टिप्लेक्समा राम्रो हल पाएका छन् । कारण, विदेशी चलचित्र महंगोमा किन्नुपर्ने भएकाले पनि नेपाली चलचित्रप्रति आकर्षण बढेको हो । यसैले, राम्रो दर्शक पाएका नेपाली चलचित्रले मल्टिप्लेक्समा पनि राम्रो शो पाएका छन् । केही नेपाली चलचित्रले राम्रा भनिएका हिन्दी चलचित्रलाई समेत विस्थापित गर्दै आफ्नो दरिलो उपस्थिति जनाएका छन् । मल्टिप्लेक्समा नेपाली चलचित्रका निर्माताले पहिलो हप्ता ५०, दोस्रो हप्ता ४२ र तेस्रो हप्ता ३० प्रतिशत शेयर पाउँछन् । धेरै र विदेशी चलचित्रको प्रदर्शन वाधक केही सुखद पक्ष भए पनि नेपाली चलचित्रले बाधा भने झेलेकै छ । आफ्नै देशका चलचित्रसँग जुध्नुपर्ने वाध्यता त छँदैछ, भारतबाट आउने बलिउड र हलिउड चलचित्रको मारमा पनि पर्नु परेको छ । विशेषगरी, भारतबाट जुन पायो त्यही बलिउड र हलिउड चलचित्र किनेर नेपाली हलमा चलाउने प्रथाले पनि राम्रा चलचित्र मरेका छन् । अर्कोतिर, दर्शक र हलको चाप भन्दा धेरै चलचित्रको निर्माण हुँदा राम्रा भनिएका चलचित्र पनि मरेका छन् । नेपाली चलचित्रका निर्माता, वितरक यो कुरा स्वीकार पनि गर्छन् । हलले धेरै चलचित्र पाउँदा इनिसियल खाने धुनमा राम्रो चलिरहेका चलचित्र एक हप्तामै उतारिदिएका छन् । जसको प्रत्यक्ष असर निर्माता पर्न जान्छ । अझै पनि यो बर्ष आशा गरिएका केही चलचित्र बाँकी नै छन् । जसले यो बर्षको व्यापारको गतीलाई अझ अगाडि लाने पक्का छ । दर्शकको स्वाद अनुसारका चलचित्र र राम्रो प्रचारप्रसारले नेपाली चलचित्रको बजार फराकिलो बन्नेमा दुईमत छैन ।

Category:

0 comments