Hindi Films

प्युठानका १२ शिक्षकले दिए एकैसाथ राजीनामा

Unknown | 04:04 | 0 comments

 

 
school_teacher5
१३ मंसिर, प्युठान । प्युठानका १२ जना शिक्षकले अख्तियारको फन्दामा परिने डरले एकै साथ राजिनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लामा कार्यरत शिक्षकहरुको प्रमाणपत्र खोज्न थालेपछि प्युठानका १२ जना शिक्षकले संयुक्त राजीनामा दिएका हुन् ।
जिल्लामा नक्कली शिक्षकहरु रहेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षकहरुबारे अनुसन्धान थालेपछि प्राविका ११ र माविका १ जना शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय प्युठानले जनाएको छ ।
गत असोजमा नै आयोगले पत्र लेखी सबै शिक्षकको शैक्षिक प्रमाणपत्र, सुरुको नियुक्ति, हालको नियुक्ति, अध्ययन अनुमतिपत्र, तालिमको प्रमाणपत्र, बढुवा प्रमाणपत्रलगायतका कागजपत्रको प्रतिलिपि यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको थियो ।
जिल्ला शिक्षा कार्यालयका विद्यालय प्रश्ाासकीय प्रमुख वासु खनालले अख्तियारको निर्देशनपछि १२ जनाको राजीनामा दिएका हुन् । छानविन हुने भएपछि शिक्षकहरुले राजिनामा दिएपछि राजिनामा दिनेहरुकै छानविन थालिएको जिल्ला शिक्षा कार्यालय प्युठानले जनाएको छ ।
विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रमाणपत्र नक्कली भएको आशङ्कामा अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले शिक्षा कार्यालयलाई प्रमाणपत्र रुजु गर्न र छानबिन गर्न भन्दै निर्देशन दिएको थियो ।

Category:

0 comments