Hindi Films

विहे गर्दै पत्नी बेच्दै गरेपछि…

Unknown | 03:34 | 0 comments

राजविराज । ३३४ वर्षीया एकल महिलालाई प्रेमविवाह गरि बेच्न खोजेको आरोपमा सप्तरीका एक युवालाई अदालतले पाँच वर्ष कैदसजाय सुनाएको छ । जिल्ला न्यायाधीश पुष्पराज गपलियाको आदेशले थुनामा रहेका पोर्ताहा गाविस ८ का ३९ वर्षीय अशोककुमार यादबलाई पाँच वर्ष कैद सजायको फैसला गरेको अदालतले जानकारी दिएको छ । स्रेस्तेदार नवराज दुलालले दिएको जानकारी अनुसार गत बैशाख १४ गतेदेखि पुर्पक्षकालागि राजविराज कारागारमा रहेका यादवलाई २५ हजार जरीवाना साथै पीडितलाई २५ हजार क्षतिपुर्ति भराउनेसमेत फैसला भएको छ । भारतमा बेच्नेउद्देश्यले विवाहको नाटक गरी काठमाडौं हुँदै सुनौली नाका पुगेपछि रोकीएको थियो । यादवले सुनौलीको एक कोठामा बस्दैगर भनेर हिँडेपछि पाँच जना आएर उनले बेचेको भन्दै लान खोजेका थिए । यादवले यस अधि पनि यस्तै हर्कत गर्दै आएका थिए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

Category:

0 comments