Hindi Films

ट्राफिकले ब्लुबुक र लाइसेन्सको सट्टा युवतीसँग 'किस' मागेपछि...

Unknown | 22:27 | 0 comments

ट्राफिकले ब्लुबुक र लाइसेन्सको सट्टा युवतीसँग 'किस' मागेपछि... Thursday 20th of November 2014
काठमाडौँ, ४ मङ्सिर, चेकिङका क्रममा सामान्यतः ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन् । तर, मादक पदार्थ सेवनको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग 'किस' मागेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असइ पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन् । प्रहरी आचरण विपरीतको काम गरेको भन्दै असई ढकाल निलम्बनमा परेका छन् । डिल्लीबजारमा सोमबार बेलुका मापसे चेकिङमा खटिएका असई ढकालले 'एक किस दिए कारबाही नगर्ने' भन्दै एक युवतीलाई दुव्र्यवहार गरेको ट्राफिक महाशाखाका एक अधिकारीले बताए । युवतीले उजुरी गरेपछि ढकाल कारबाहीमा परेका आजको नयाँ पत्रिकाले समाचार लेखेको छ । प्रहरीका अनुसार चेकिङका क्रममा स्कुटीमा सवार ती युवतीसँग कागजपत्र थिएन । तर, आफूलाई छाडिदिन युवतीले असइ ढकाललाई आग्रह गरेकी थिइन् । तर ढकालले आफूलाई एकपटक 'किस' गरे कारबाही नगर्ने भन्दै बार्गेनिङ गरेका थिए । पछि उनी डिल्लीबजारबाट अनामनगरसम्म ती युवतीकै स्कुटरमा गएका थिए । युवतीको मोबाइल नम्बर लिएर बेलुकासमेत असइ ढकालले उनलाई फोन गरेको उजुरीमा उल्लेख छ । स्कुटरमा चढेको बेला आफूमाथि असइ ढकालले दुव्र्यवहार गरेको आरोप युवतीको छ । असइ ढकालले भने युवतीले आफूलाई व्ल्याकमेलिङ गरेको बताएका छन् । युवतीले नै सुरुमा कस्तो 'ह्याण्डसम मान्छे' भन्दै नजिकिएको र आफूले जिस्किएर किसको प्रसङ्ग निकालेको उनले स्विकारेका छन् ।

Category:

0 comments