Hindi Films

इन्डियानारा बनिन् ‘मिस बमबम’

Unknown | 22:34 | 0 comments

November 20, 2014
साओ पाओली, मंसिर ४ – इन्डियानारा कार्भालो यस वर्षको मिस बमबम प्रतियोगिताको विजेता छानिएकी छिन् । ब्राजिलको साओ पाओलीमा भएको प्रतियोगितामा १४ प्रतिद्वन्द्वीलाई पछि पार्दै कार्भालोले उक्त प्रतियोगिता जितेकी हुन् । योसँगै उनले १४ हजार पाउण्ड पनि जितेकी छिन् । चार वर्ष अघि शुरु गरिएको यो विववादस्पद प्रतियोगितामा उत्कृष्ट नितम्ब हुनेलाई विजेता घोषित गरिन्छ । पछिल्लो समय यो प्रतियोगिता निकै चर्चित बन्दै गएको छ । यस पटक यो प्रतियोगितामा ब्राजिलका १० लाखभन्दा बढीले भोट गरेका थिए ।
मिस बमबममा ब्राजिलका २७ राज्यबाट १ जना प्रतिनिधिले भाग लिने गर्छन् । जसमध्ये १५ जनाले फाइनलमा प्रतिस्पर्धा गर्ने गर्छन् ।

Category:

0 comments