Home �
News
� नायिका झरनाले भनिन्- आलोक तिमी सधै मेरो मुटुमा रहनेछौं
Unknown |
02:02 |
0
comments
आलोक नेम्वाङले पर्दामा थुप्रै नायिका तथा मोडललाई आकर्षक देखाए । उनले नै निर्देशन गरेका भिडियोमा अभिनय गरेर कैयौं कलाकारले सफलता चुमे । तर, आलोक नेम्वाङका लागि मोडल तथा नायिका झरना बज्रचार्य सधै नै नजिक रहिन् ।
नेपाल बाहिर रहेकी झरनाले आलोकको निधनमा आफ्नो बिगत संझदै फेसबुकमा स्टाटस लेखेकी छिन् । जहाँ उनले ‘हामीले केही बर्ष मित्रता र सिर्जनामा बिताएका छौं। तिमीसँगको सम्बन्ध मेरो जीवनमा सधै नै प्रिय छ । केही बर्षदेखि हामी नजिक हुन सकेनौं । यो प्रकृतिको चाहना थियो या तिमीले नै यस्तो रोज्यौ । मैले यो स्विकार गरे र अगाडि बढे ।
म तिमीलाई माया गर्छु र ध्यान पनि दिन्छु । यी सबै अवस्थामा हामी एकअर्काका लागि बन्यौ र तिमी सधै मेरो मुटुमा रहनेछौं ।’ लेखेकी छिन् । उनले आलोक सधै मसँग रहनेछौ भन्दैं स्टाटसको अन्त्य गरेकी छिन् ।
झरनाको यो स्टाटसले पनि यी दुई निकट रहेको प्रष्ट हुन्छ । आलोकको निधनमा झरनासँगै अन्य कलाकारहरुले पनि शोक जनाउँदै अप्रत्याशित घटना भनेका छन् ।
Category:
News
0 comments