Hindi Films

आलोकको शोकमा भिजेका आँखा(फोटो फिचरसहित)

Unknown | 03:34 | 0 comments

 

aalok-nemawang-death
बिहिबार बेलुकी आफ्नै निवासमा आत्महत्या गरेका निर्देशक आलोक नेम्वाङको शवलाई प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । नेपाल चलचित्र प्राविधिक संघका साथै विभिन्न चलचित्र सम्बन्धी संघसंस्थाको सक्रियतामा उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिएको हो ।
प्रज्ञाको चौरमा उपस्थित अधिकांश चलचित्रकर्मीका आँखा भिजेका थिए । बिशेषगरि नायिकाहरु आलोकलाई अन्तिम श्रद्धाञ्जली दिदै गर्दा भक्कानिए । आलोककी बुढी आमा छोराको शरिरमा पुष्पगुच्छा चढाउँदै गर्दा निक्कै भक्कानिइन् । उनलाई नायिका नम्रता श्रेष्ठले सम्हालेकी थिइन् । नायिका संचिता लुइटेल र पूजा शर्मा आलोकसँग अझ निकट थिए । जसका कारण, पनि संचिता र पूजाको आँखाबाट  आलोकको निधनको खबर सुनेलगतै बगेका आशु अझै रोकिएका छैनन् ।subash-chandra
sanchita-luitel
आलोकलाई अन्तिम श्रद्धाञ्जली दिन सभामुख सुवासचन्द्र नेम्वाङ, सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल प्रज्ञा प्रतिष्ठान पुगेका थिए । आलोकलाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्रकर्मीहरु करिश्मा मानन्धर, सुष्मा कार्की, आनन्द कार्की, दीपाश्री निरौला, सुनिल कुमार थापा, झरना थापा, संचिता लुइटेल, केकी अधिकारी, नन्दिता केसी, रिमा विश्वकर्मा, बाबु बोगटी, दीपकराज गिरी, पि्रयंका कार्की, नम्रता श्रेष्ठ, मलिना जोशी, जीवन लुइटेल, आर्यन सिग्देल पुगेका थिए ।aalok-lai-aama-sradanjali
यी बाहेक चलचित्र निर्देशक, निर्माता, प्राविधिक, गायक, गायिका, संगीतकार, पत्रकार पनि प्रज्ञाको चौरमा पुगेका थिए ।  ४१ बर्षको उमेरमा आलोकले आफ्नै हाउजिङमा आत्महत्या गरेका हुन् । बिहान १० बजेपछि उनको शरीरको पोष्टमार्टप गरिएको थियो । दिउँसो ३ः३० सम्म प्रज्ञामा उनको शव राखेर पशुपति आर्यघाट लगिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संकार गरिनेछ ।keki-sradanjali
namrata-cry
priyanaka-karki
aalok-death-body
binita-baral
puja-sharma
susma-karki

Category:

0 comments