तपाइँ यस्तो कहिल्यै नगर्नुहोस बरु समाधान तिर लाग्न सकिन्छ!
![]() |
घटना हो भारतको । भारतको एक गाउँका बासिन्दाले छोरो नभएको झोकमा आफ्नो लिङ्ग चट् पारेका छन् । उनलाई छोरो चाहिरहने, श्रीमती चाँहि छोरी नै जन्माउने । दुई छोरीका यी बाबुले छोरोको आवश्कता भएको भन्दै श्रीमतीसँग बरम्बार झगडा परिरहेपछि रिसको झोंकमा धारिलो चक्कुले आफ्नो लिङ्ग काटेका हुन् ।
भारतीय संचारमाध्यमहरुका अनुसार, घटना गत बिहिबारको हो । नाम नखुलाइएका यी व्यक्ति कतारमा काम गर्थे । एक महिनाको छुट्टीमा घर आएका उनको छोरा पाउने विषयमा श्रीमतीसँग झगडा गर्ने गर्दथे । घटनापछि गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
![]() |
Category: News



0 comments