नपढी नहुने "यो कुनै काल्पनिक प्रेमकथा होइन"
![]() |
'मलाई पटक्कै विश्वास थिएन, मैले कुनै दिन कोही भेटाउने छु जो मँसँग सारा जिन्दगी बिताउन तयार होस् ।' उनले केही पहिला एउटा अन्तरवार्ताका क्रममा भनेका छन् । १० वर्षको उमेरमा निकले आत्महत्याको असफल प्रयास गरे तर त्यसपछि भने कहिल्यै पछाडी फर्केर हेरेनन् । आत्मविश्वास बढाउँदै लगे । हार नमान्ने प्रण लिए । जित्छु भन्ने भिष्मप्रतिज्ञा गरे ।
अनि त एक दिन उनले आफ्नो राजकुमारी कनेलाई भेटाए । पहिलो झमटमै उनिहरुले एक अर्कालाई मन पराए । ‘जस्तो रुपमा उनी छन् , त्यही रुपमा मैले उनलाई मन पराएँ । मैले शारिरीक भोकलाई प्राथमिक ठानेर त्यो भन्दा पहिले अर्को केटासँग सम्वन्ध स्थापित गरेको थिएँ तर मलाई दिक्क लाग्यो ।
विवाहको प्रस्ताव आयो । पश्चिमा मुलुकमा विवाहको प्रस्तावका लागि औँठी लगाउने चलन छ । धेरैले ठान्लान् , निकले कसरी औँठी लगाइदिए ? तर, यो समस्याको समाधान पनि भयो । निकले अनौठो तरिका निकालिहाले । ‘प्रिय के म तिम्रो हातलाई चुम्न सक्छु ?’ उनले कनेलाई सोेधे । कनेले ठानिन् , निक उनको औँलामा किस गर्दैछन् । तर निकले औठी मुखमा राखेका थिए र जब उनले कनेलाई चुमेझैँ गरे, औठी पनि ठ्याक्कै औालाभित्र पसिहाल्यो । अनि उनले संवत २०१२ मा विहे गरे ।
कतिलाई लाग्दो हो, निकको शारिरीक अशक्तताको कारण उनीहरुको सम्वन्धमा अप्ठ्यारोपना त आउँदैन ? निक भन्छन् ,‘केही समस्या छैन । ओहो, त्यस्तो छँदै छैन । हामी एक अर्काप्रति बहुत आशक्त छौँ ।’ कने भन्छिन् । ‘उसलाई र मलाई आवश्यक सबै चिज उसँग छ ।’ विहा गरिसकेपछी उनिहरुले अमेरिकाको दक्षिण क्यालिफोर्नियामा घरजम गरे । निक प्रेरणा र आत्मविश्वासका बारेमा लेख र भाषण गर्दै संसार डुल्छन् । कने एउटी असल श्रीमतीका रुपमा घरमै काम गर्छिन् ।
खुशीमाथी अर्को खुशीको कुरो, एक दिन कने गर्भवति भइन् र एउटा स्वस्थ बच्चालाई जन्म दिइन् । निक १९८२ अस्टेलियाको मेल्बर्नमा जन्मे । आप्mनै प्रयत्नमा १७ वर्षमा लाइफ विदवाउट लिम्ब नामको संस्था स्थापना गरे । उनको खुट्टा नभएपनि दुइटा पाइताला छन् र एउटा पाइतालमा दुइवटा औँला छन् । ३२ वर्षे यी युवाले प्रेरणा सम्वन्धि भाषण गर्दै विश्वका दर्जनौँ देश घुमिसकेका छन् । लाखौँका श्रोतामाझ आफ्नो अनुभव साटेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips


