Hindi Films

अन्डरवल्र्डको आक्रमणबाट यसरी जोगिए साहरुख

Unknown | 12:27 | 0 comments

बलिउड वादशाह साहरुख खान अन्डरवल्र्डको निशानामा रहेको खुलासा मुम्बई प्रहरीले गरेको छ । साहरुखका साथी करिम मोरानीको घर बारिह फायरिङ गरेपछि अन्डरवल्र्डको निशानमा बलिउड बादशाह परेका थिए । मुम्बई प्रहरीले मोरानीको घर बाहिर फायरिङ गर्ने १३ जना व्यक्तिलाई पक्रिएर अनुसन्धान थालेको थियो । जसबाट उनीहरुले आफूहरुको नयाँ टार्गेट साहरुख खान, निर्देशकद्धय फराहा खान र महेश भट्ट रहेको बताएका थिए । साहरुख र फराहालाई आक्रमण गर्ने योजना मुम्बई प्रहरीले विफल बनाएको थियो । तर, महेश भट्ट माथि भने आक्रमण गर्ने तयारी हुँदै गर्दा प्रहरीले होशियारी अपनाएर विफल बनाएको भारतीय सचारमाध्यमले जनाएका छन् ।
मुम्बई प्रहरीले चर्चित बलिउड कलाकारमाथि आक्रमण गर्दा मिडियामा चर्चा पाउने लोभमा अन्डरवल्र्डले यस्तो गर्ने गरेको बताएको छ । मुम्बई प्रहरीले बाहिर जानकारी गराउँदा आतंक मच्चिने भएकाले भित्री रुपमा लामो समयदेखि अनुसन्धान गरिरहेको बताइन्छ । साहरुखले केही समयअघि मात्र आफू र पत्नी गौरी खानका लागि बुलेट प्रुफ गाडी खरिद गरेका थिए । साहरुखको ट्विटर फ्यान १ करोड यसैबिच, बलिउड बादशाह साहरुख खानको ट्विटरमा फलोअर १ करोड पुगेका छन् । ट्विटरमा साहरुख निरन्तर रुपमा आफ्ना फ्यानहरुसँग आबद्ध हुने गर्छन् । आफ्नो चलचित्रको प्रचारमा होस् या सामान्य अवस्थामा नै किन नहोस्, साहरुख निरन्तर ट्विटरमा देखिन्छन् । उनको ट्विटर फ्यानको संख्या बढिरहेको छ ।

Category:

0 comments