Hindi Films

के होला ‘गैडा’ र पूजनाको घनिष्टताको राज ? एक अर्काको प्रसंसा गर्ने होडबाजी

Unknown | 05:40 | 0 comments

काठमाडौ । फिल्मको सुटिङ सक्दा नसक्दै निर्माता, निर्देशक वा प्राविधिकहरु विच विवाद भयो भने सामान्य माने हुन्छ नेपाली फिल्म उद्योगमा । धेरै निर्माता/निर्देशकले सुटिङ सकिदा नसकिंदै बोलचाल बन्द गरिसकेका हुन्छन् । कतिपय निर्माताले फिल्मको कामै नसकी अर्को निर्देशकको सहारा लिएका छन् । तर, पछिल्लो समय निर्मात्री बनेकी पूजना स्त्री र निर्देशक निर्मल शर्मा ‘गैडा’को सम्बन्ध यति घनिष्ट छ कि, फिल्मको प्रसंग आउने बित्तिकै पहिलो वाक्यांश निर्माता निर्देशकको प्रसंसावाटै सुरु हुन्छ । ‘चकलेट’ नाम राखेर सडक वालवालिकाको विषयमा फिल्म बनाएकी पूजना शर्माको काम गर्ने शैली र ब्यबहार निकै राम्रो भएको बताउँछिन् । शर्मा पनि उनको सेवा गर्ने शैलिको जति प्रसंसा गरे पनि कम हुने बताउँछन् । ‘पूजनाजीले जुन काम गर्नु भएको छ जति प्रसंसा गरे पनि कम हुन्छ ।’ शर्माले भने । पूजनाले त अहिले शर्मालाइ दाइ नै मानेकी रहिछन् । उनी भन्छिन- ‘निर्मल शर्मा आफैमा स्त्रिmप्टको मर्म बुझ्ने निर्देशक हो ।’ पूजनाको हल्ला नगर्ने वानी गज्जबः शर्मा धेरै कलाकारले बृद्धाश्रममा गएर जन्मदिन मनाएको देखेका निर्मल शर्माले त्यस्ता समाचार पढ्ने र हेर्ने गरेका छन् । उनको भनाइ अनुसार ‘हाम्रा धेरै कलाकार वर्षमा एक पटक बृद्धाश्रम जान्छन् र बृद्धा बृद्धालार्इ चाउचाउ र प|mुटी खुवाउछन् अनि फोटो शेसन गर्छन ।’ शर्माको भनाइअनुसार पूजना यस अर्थमा फरक छिन् । कारण उनले बुटवलमा रहेको एउटा आश्रमलाई आफ्नै जग्गा दिएकी छिन् । त्यहाँ २२ जना अनाथ वालवालिकाले पढिरहेका छन् । ललितपुरको लामाटारमा रहेको अर्को आश्रममा पनि उनले सहयोग गरेकी छिन् । आफ्नै घरमा पनि उनले तीनजना वालवालिका राखेकी छिन् । असहाय अनाथ वालवालिकाको पालन पोषण आफैमा महान काम हो भन्ने शर्मा पूजनाले यी कामका वारेमा कहिल्यै हल्ला नगरेपछि अझै प्रभावित भएछन् । ‘उनले गरेका कामका वारेमा सबै कुरा बुझेपछि म झनै प्रभावित भएँ काम गरौं-गरौं लाग्यो ।’ शर्माले भने । वालवालिकाको विषयमा केही म्युजिक भिडियो समेत बनाएका शर्मा पूजनामा आम हिरोइनमा भन्दा फरक गुण भएको दाबी गर्छन् । ‘काम भन्दा धेरै हल्ला गर्ने हाम्रो मुलुकमा पूजनाले पनि हल्ला गर्न सक्थिन् तर, गरिनन् ।’ शर्माले भने ।pujana-bed-ma म्युजिक भिडियो र कमेडी हेरेर प्रभावित छुः पूजना पूजना र निर्मल शर्माको भेट भएको तीन वर्ष जति भयो । तीन वर्ष अघि भेटघाट भएपनि सम्बन्ध घनिष्ट भएको भने डेढ वर्षदेखि मात्रै रहेछ । पूजनालाई सम्झना छ । स्त्रिmप्ट लेखीसकेपछि एक दिन सँगै खाना खाने क्रममा प्रस्ताव राखेकी थिइन्- ‘निर्मल जी मेरो फिल्मको निर्देशन तपाइले गरिदिनु पर्छ ।’ शर्माले हुन्छ हुन्न भन्नु भन्दा पहिला स्त्रिmप्टको कुरा गर्दै भने- ‘पहिला स्त्रिmप्ट पढ्छु चित्त बुभ्यो भने गरौंला ।’ शर्माले गरेका केही म्युजिक भिडियो हेरेकी पूजना उनको काम गर्ने शैलिवाट प्रभावित थिइन् । त्यसमाथि उनको फिल्ममा केही हाँस्यरसको पनि जरुरी थियो । पूजना भन्छिन् ‘मेरो स्त्रिmप्टले मागेको हाँस्यरस निर्मल शर्मावाटै सम्भव हुन्छ भन्ने लागेको थियो, त्यहि कारण उहाँलाइ निर्देशकमा लिएँ । आफ्नो सिनेमा वालमनोविज्ञानमा केन्दि्रत भएको बताउने पूजना शर्मामा वालमनोविज्ञानको पनि ज्ञान भएको बताउँछिन् ।

Category:

0 comments