Home �
News
� ‘कांग्रेस एमालेका नेतालाई जनअदालतको हिरासतमा राख्छौं’
Unknown |
07:46 |
0
comments
विप्लबले भने– ‘कांग्रेस एमालेका नेतालाई जनअदालतको हिरासतमा राख्छौं’
पार्टी फुटाउने पक्षमा नरहेको दाबी
November 17, 2014

काठमाडौं, मंसिर २१– नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले कुनै पनि हालतमा संविधानसभाबाट जारी हुने संविधान नमान्ने बताएका छन् ।
सोमबार अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराँ मजदूर संघको पाँचौं काठमाडौ जिल्ला सम्मेलनको राजधानीको छेत्रपाटीमा उद्घाटन गर्दै उनले संविधानसभाबाट संविधान जारी भए अर्को युद्ध हुने चेतावनी दिए ।
उनले नेपाली कांग्रेस र एमालेका नेताहरुले विगतका सहमति र सम्झौतहरुलाई पालना नगरेको र आफूहरुको मागको पनि कुनै सुनुवाई नगरेको दाबी गर्दै जनअदालत ब्युँझाएर कारवाही गर्ने चेतावनी समेत गरे ।
निकै आक्रामक रुपमा प्रस्तुत भएका उनले धैर्यताको बाँध टुटेको भन्दै अब दुवै दलका नेतालाई जनअदालतको हिरासतमा राख्ने बताए ।
उनले काँग्रेस र एमाले २०४७ सालको जस्तै संविधान जारी गरेर दलाल पूँजीवाद लाद्ने प्रयासमा लागेको आरोप लगाउँदै दुई दलले आफूहरुलाई वाहिर राखेर नयाँ सत्ता जन्माउने तिर लाग्ने समेत बताए ।
फरक प्रशंगमा उनले आफूहरु कुनै पनि हालतमा पार्टी फुटाउने पक्षमा नरहेको समेत बताए । आफू पार्टीमा वैचारिक बहस मात्रै जारी रहेको भन्दै उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने पक्षमा आफू रहेको समेत बताए ।
|
 |
Category:
News
0 comments