Home �
CelebrityNews And Gossips
� जस्टिनको बारेमा गीत गाउँदा सेलेनाका रसाए आँखा (भिडियोसहित)
Unknown |
02:51 |
0
comments
जस्टिनको बारेमा गीत गाउँदा सेलेनाका रसाए आँखा (भिडियोसहित)
November 24, 2014
आफ्ना पूर्व प्रेमी जस्टिन बिबरको बारेमा गीत गाउँदा सेलेना गोमेजको आँखा रसाएका छन् ।
गत आइतबार आयोजित अमेरिकन म्युजिक अवार्डमा ‘द हर्ट वान्ट्स ह्वाट इट वान्ट्स’ लाई प्रत्यक्ष गाउने क्रममा उनका आँखा छचल्किएका हुन् ।
२२ वर्षीय पप स्टारको यो नयाँ ट्रयाक जस्टिनको बारेमा भएको अनुमान गरिएको छ । गीत गाउने क्रममा उनी निकै भावुक देखिएकी थिइन् । गीतको अन्त्यतिर उनले लामो सास फेरेकी थिइन् र बिस्तारै ‘थ्याङ्क्यु जिसस’ भनेकी थिइन् । आँखा रसाएका कारण उनले आफ्नो नजर माथि उठाउन सकेकी थिइनन् । उनी भावुक हुन थालेपछि उनको भावहरुलाई कैद गर्न उनका अगाडि थुप्रै क्यामराहरु लागि परेका थिए । (एजेन्सी)
Category:
CelebrityNews And Gossips
0 comments