सलमान रिसाउँदा बहिनीको बिहेमा आएकी नायिका सोनाक्षी यसरी रोइन
![]() |
दबंग नायक सलमान खानले बहिनीको बिहेमा आएकी नायिका सोनाक्षी सिन्हालाई रुवाएका छन।
मुम्बई मिरर पत्रिकाका अनुसार सोनाक्षी र सलमानको कुराकानी चलिरहँदा एक्कासी सलमानले रिसाएर चर्को स्वरमा बोलेपछि सोनाक्षी रुन थालेकी थिइन।
सोनाक्षी रोइरहँदा पनि सलमानले चर्को स्वरमा "मैले यस्तो भनेको छैन" भनिरहेका थिए।
खबर अनुसार सोनाक्षीले सलमानका भाइ अरबाजको फिल्ममा काम गर्न नमानेपछि उनीहरुको सम्बन्धमा समस्या सुरु भएको थियो।
सलमान सोनाक्षीको जोडी पछिल्लो समय दबंग फिल्ममा सँगै देखिएको थियो।
![]() |
Category:



0 comments