Home �
News
� अस्ट्रेलियाले दियो ४० नेपाली विद्यार्थीलाई छात्रवृत्ति
Unknown |
07:23 |
0
comments
काठमाडौँ: नेपालका लागि अस्ट्रेलियाली राजदूतावासले चालीस बढी नेपाली विद्यार्थीलाई यस वर्षको छात्रवृत्ति र विद्वत्वृत्ति सम्मान दिएको छ ।
अस्ट्रेलियामा आउँदो सन् २०१५ मा उच्च शिक्षा पढ्नका लागि आवेदक दिने ४६ मध्ये ४४ लाई सो पुरस्कार दिइएको हो । अस्ट्रेलिया सरकारले सन् १९६० देखि हालसम्म करिब ५०० नेपालीलाई छात्रवृत्ति सुविधा प्रदान गरिसकेको छ ।
मुख्य सचिव लीलामणि पौड्याल र राजदूतावासका राजदूत ग्लेन ह्वाइटले संयुक्त रुपमा छात्रवृत्ति प्रदान गरे ।
सो अवसरमा मुख्य सचिव पौड्यालले विकसित मुलुकमा यस प्रकारले उच्च शिक्षा लिन पाउने नेपालीले फर्केर स्वदेशको विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए ।
Category:
News
0 comments