Hindi Films

जाडोयाममा खानैपर्ने ५ खानेकुराहरु ,जसले तपाईलाई दिर्घ रोगि हुना बाट बचाउछ!

Unknown | 10:27 | 0 comments

२०७१ कार्तिक २५ गते
जाडो मौसममा रुघाखोकी तथा चिसोको समस्या हुन्छ । यस्तो बेलामा सन्तुलित आहार, व्यायाम, पर्याप्त निद्रा तथा तनाव कम भएन भने रोगप्रतिरोधी क्षमता कम घट्दछ र चिसो मौसममा हुने संक्रमणको जोखिम बढि हुन्छ । हामीले खाने केही सामान्य खानेकुराहरु यस्ता हुन्छन् जसले चिसो तथा रुघाखोकीबाट बचाउँछन् । ती सुपरफुडहरु निम्न छन्- १. गाजर - क्यारोटमा बेटा क्यारोटिन तत्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ । गाजरको नियमित सेवनले चिसोमा हुने विभिन्न खाले संक्रमणबाट बचाउन सहयोग गर्छ । २. ग्रिन टी- ग्रिन टी लाई शक्तिशाली एन्टीअक्सिडेन्ट भनिन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइन्छ । दिनमा ३ कम ग्रिन टी पिउनाले रोग प्रतिरोधी क्षमता बढाउँछ र जाडो याममा हुने विभिन्न संक्रमणको जोखिम पनि घटाउँछ । ३. च्याउ- च्याउमा पनि विभिन्न खाले पोषक तत्वका साथै औषधीय तत्व पाइन्छन् । यसलाई रोगप्रतिरोधी क्षमताको प्रवर्द्धक मानिन्छ । चिसोमा हुने भाइरसजन्य संक्रमणबाट जोगिन नियमित रुपमा च्याउको सुप खानु आवश्यक हुन्छ । ४. लसुन- लसुनलाई आयुर्वेदमा पनि अचूक औषधिको रुपमा लिइन्छ र चिसो र ज्वरोको घरेलु उपचारमा समेत यसको प्रयोग हुँदै आएको छ । कलेजोलाई विषरहीत बनाउने तथा सरीरमा रोग प्रतिरोधी क्षमता बढाउने इन्जाइमको मात्रा बढाउनका लागि लसुनले सहयोग पूराउने विभिन्न अनुसन्धानले देखाएका छन् । ५. मह- जाडो मौसममा हुने रुघाखोकी तथा ज्वरोको सबैभन्दा सजिलो तथा भरपर्दो घरेलु औषधिको रुपमा महको सेवन गर्ने गरिन्छ । महमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी गुण पाइन्छ । महलाई दुधमा मिलाएर पिउँदा चिसो तथा संक्रमणबाट बच्न सकिन्छ ।

Category:

0 comments