Hindi Films

अन्तत : राजनीतिको गाँठो फुक्यो

Unknown | 23:23 | 0 comments

November 23, 2014 काठमाडौं, मंसिर ७–संवैधानिक-राजनीतिक तथा संवाद तथा सहमति समितिले कुनै सहमति नगरी कांग्रेस-एमालेको साझा प्रस्तावसहित छलफलका क्रममा आएका सबै विषय जस्ताको तस्तै संविधानसभामा पठाउने भएको छ। तीन दलले तीन सातादेखिको राजनीतिक गाँठो फुकाउन शनिबार यसबारे सहमति गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठकले सार्क सम्मेलनअघि नै दलहरूबीच सहमति कायम गरी संविधान निर्माणमा सकारात्मक सन्देश दिनुपर्ने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेका हुन्। ‘पूर्ण प्रतिवेदन पनि होइन, प्रश्नावली पनि होइन, विकल्पका रूपमा संवाद समितिमा भएका सबै छलफल जस्ताको तस्तै संविधानसभामा पठाउन शीर्ष नेताहरू सहमत हुनुभएको छ’, बैठकमा सहभागि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अन्नपूर्णसँग भने, ‘यसले विगत तीन सातादेखिको राजनीतिक गाँठो फुक्ने भएको छ।’ एमाओवादीले भने संविधानसभामा समितिले पठाएको प्रतिवेदनमा मतदान नगर्ने सर्तमा सहमति भएको उल्लेख गरेको छ। तीन दलको यो सहमतिले संवाद समितिको विवाद अब संविधानसभामा पुगेको छ। यसअघि संविधानसभाले संवाद समितिलाई पूर्ण प्रस्ताव बनाउन नसके सहमति भएका र नभएका विषय समटेर प्रश्नावली पेस गर्न निर्देशन दिएको थियो। समितिका सभापति बाबुराम भट्टराईले भने सहमति नभई संविधान बन्न नसक्ने दाबी गर्दै समितिको बैठक टुंग्याएका थिएनन्। समितिलाई चारपटक म्याद थपेर कात्तिक १६ गते प्रतिवेदन बुझाउन संविधानसभाल म्याद तोकेको थियो। ‘पूर्ण प्रतिवेदन पनि बनाउन नसक्ने, प्रश्नावली पनि बनाउन नसक्ने भएपछि त्यही अड्काएर राख्न हुँदैन भन्नेमा तीन दल सहमत भएका छन्’, सिटौलाले भने, ‘सोमबारदेखि सार्क सुरु हुने भएकाले आइतबार संविधानसभाका अन्य दलसँग पनि छलफल गरी साँझसम्म औपचारिक सहमति गर्नेछौं।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

Category:

0 comments