Hindi Films

नेपाललाई हिन्दू राज्य घोषणा गर्ने,सबैलाई एक गाई र तेह्र रोपनी जग्गा!!

Unknown | 23:16 | 0 comments

November 23, 2014 काठमाडौँ, मंसिर ७– साहित्यकार यज्ञनिधि दाहालले सबै नेपाली जातिलाई सम्बोधन हुने संविधान र सङ्घीयता हुनुपर्ने सुझाव दिएका छन् । शनिबार आफ्नै निवास मण्डिखाटारमा सञ्चारकर्मी समेत रहेका दाहालले भने–“राज्यले सबै नेपाली जनतालाई सम्बोधन गर्नुपर्छ, बिपीका कतिपय भनाइमा यही कुरा पाइन्छ भने महाकवि देवकोटाले पनि साहित्यमा यही कुरा बोल्नुभएको छ ।” बिपीका पालामा नेपाली काँग्रेसको २००४कै घोषणापत्रमा धर्मनिरपेक्षता राखिएको बताउँदै उनले नेपाललाई हिन्दू राज्य घोषणा गर्ने हो भने हरेकको घरमा एक एक गाई र १३ –१३ रोपनी जग्गा पनि उपलब्ध गराउने प्रत्याभूति हिन्दूधर्मवादीले दिनुपर्ने माग पनि गरे । “पृथ्वीनारायण शाह वीर हुन्, हामीलाई नेपाल र नेपाली भनेर चिनाउने खाका उनैले कोरेका हुन्”, हाल औषधि, सुई, मिर्गाैला डायलोसिस, परिवहन खर्च आदि गरेर मासिक रु एक लाख खर्च ब्यहोर्दै आउनुभएका दाहालले एक प्रसङ्गमा भने । “म मेरै गरिखाएको छु, राज्यले हेरेन भनी हीनताभास लिन्न” उनले भने,“कुनै दुःखी गरिबले पनि आफूलाई हीनभावना लिनुहुन्न ।” यसैबीच महाकवि साहित्य प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १३ गते शनिबार उनको निवास मण्डिखाटारमा उनकै सम्मानमा ‘विशेष कविगोष्ठी’ गरिने प्रतिष्ठानका संयोजक रत्ननिधि रेग्मी शुक्राचार्यले बताए । रासस

Category:

0 comments