Hindi Films

बसामाडी दुर्घटना : यसरि भएको थियो दुर्घटना रात्रिबसको !

Unknown | 21:54 | 0 comments

2014-11-04
चितवन, १८ कार्तिक, शुक्रबार साँझ काठमाडौँबाट विराटनगरका लागि छुटेको शुभश्री यातायातको गाडी चितवन, रामनगर पुगेर घ्याच्च रोकियो, यात्रुलाई खाना खुवाउन । चालक राकेशसिंह तामाङ र गाडीमै आएका सवारीधनी दीपक र नवीन रेग्मी पनि खाना खान होटलतिर लागे । 'यो होटलमा खाना खाऊँ, पहिलो पटक रात्रीबसको स्टेयरिङ समातेका टिपरचालक तामाङले साहुहरुसित प्रस्ताव राखे । 'होइन, धादिङ्का श्रेष्ठदाइको मनकामना होटलमा खाने,' साहुले आफ्नो प्रस्ताव ठाडै इन्कार गरिदिएपछि चालक तामाङका कन्सिरीका रौँ तात्न थालिहाले । पहिलोपटक रात्रीबस, त्यसमा पनि विराटनगरसम्म एक्लै चलाउनु पर्ने भनेर चालक साहुसित यसअघि नै रिसाइ सकेका थिए । 'दुर्घटना गराउने चालक रात्रिबस चलाउने अनुभवी नभएर स्थानीय रुटमा टिपर चलाउने कच्चा ड्राइभर पो रहेछ,' मकवानपुर डिएसपी दीपक थापाले भने, 'बयानमा चालकले समथर ठाउँलाई मदिराको सुरमा खाल्डो देखेर मोड्दा अर्को गाडीसँग ठिक्कियो भन्यो' आजको नागरिकमा चाँदनी हमाल लेख्छिन् । राम्ररी चिनजानसमेत नभएका सहुसँगको रिसको झोँकमा गाडी हुइँक्याउँदा अर्को गाडीसँग ठोक्किएर दुर्घटना लगत्तै भागेका उनलाई प्रहरीले ससुरालीमा लुकिरहेको अवस्थामा पक्राउ गरी बयान लिएको हो । 'कन्डक्टरको काम गरिरहेका साहु दीपकले खाना खाँदा घ्यूभात खाएको देख्दा पनि चालकलाई सहिनसक्नु भएको रहेछ,' डिएसपी थापाले बयानलाई आधार बनाउँदै सुनाए । खाना खाने क्रममै जुरुक्क उठेर अर्को होटल पुगी रक्सी थपेको पनि चालकले बयान दिएका छन् । उनको मेडिकल रिपोर्टले अत्यधिक मदिरा सेवन पुष्टि गरेको डिएसपी थापाले बताए । यात्रुले गति कम गर्न आग्रह गर्दा 'यो बाटो त मेरो पानी पँधेरोजस्तो हो, कति हिँड्छु कति' भनेका थिए । साहुको चाँडै धनी हुने सोचले पनि दुर्घटना गराएको डिएसपी थापाले बताए । मासिक तलबमा चालक राख्दा बढी खर्च हुने भएकाले कतिपय सवारीधनी ट्रिपका हिसाबले मनपर्दी चालक राख्छन् । तामाङलाई पनि दुर्घटनाको अघिल्लो रात ट्रिपकै हिसाबमा पैसा पाउने गरी काठमाडौँ लगिएको थियो । फर्कने बेला झगडा भएपछि उनले जान सक्दिनँ, हेटौँडामा जसरी पनि अर्को चालक खोज्नुस्' भनेका थिए । फोटो, समाचार साभार: नागरिक

Category:

0 comments