Hindi Films

पाँच वर्षीया बालिका बलात्कृत

Unknown | 22:04 | 0 comments

तुलसीपुर, १७ कार्तिक, दाङको तुलसीपुर नगरपालिका ६ कि ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीकाअनुसार एक युवकले चुइगम खुवाउने लोभ देखाएर ति बालिकालाई अपहरण गरी घोराही ल्याएर बलात्कार गरेको हो । तुलसीपुर र घोराहीको दुरी २३ किलोमिटर छ । चुईगम खुवाउँछु भन्दै एक व्यक्तिले आफूलाई किया माइक्रो बसमा घोराही ल्याई रातभर झाडीमा राखेर यौन दुव्र्यवहार गरेको र विहानपख छोडेर भागेको बालिकाले बताइन् । प्रहरीले बालिकालाई घोराही बजारको बुद्धी ग्यारेज नजिकैबाट अचेत अवस्थामा उद्धार गरेको थियो । उनको योनीबाट रगत बगिरहेको थियो । अलपत्र अवस्थामा बालिकालाई देखेर स्थानीयले प्रहरीमा खबर गरेपछि उनलाई उपचारको लागि अस्पताल पु¥याइएको थियो । बालिकाको स्वास्थ्य जाँच गर्दा बलात्कार भएको पुष्टि भएको राप्ती उपक्षत्रीय अस्पतालकी डा. दीपिका सुवेदीले जानकारी दिइन् । बालिका मानसिक रुपमा ठिकै भएपनि रगत बग्ने क्रम नरोकिएकोले उपचार जारी राखेको डा. सुवेदीको भनाई छ । ५ बर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिको भने पहिचान भएको छैन । तुलसीपुर र घोराही क्षेत्रमा खोजी र अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए ।

Category:

0 comments