Hindi Films

एसएलसीले जीवन र नीताको ‘धुन’लाई असर गर्ला ?

Unknown | 05:38 | 0 comments

चैत्र ५ गतेदेखि १३ गतेसम्म विद्यार्थी जीवनको फलामे ढोका मानिने ‘एसएलसी परिक्षा’ हुने भएपछि नेपाली चलचित्रका प्रदर्शन मिति पनि फेरिएका छन् । सुशिल पोख्रेलले निर्माण गरेको चलचित्र ‘लभ सब’ले चैत्र ६ गते प्रदर्शन मिति तय गरेपनि अब यो चलचित्र सो मितिमा नचल्ने भएको छ ।
नेपाली चलचित्र हेर्न एसएलसी सकिएपछि विद्यार्थीहरु हलमा आउने भएकाले पनि यो बिचमा चलचित्र नचलाउन नै राम्रो ठान्छन् निर्माताहरु । तर, चैत्र ६ गते नै नायक जीवन लुइटेल र नायिका नीता ढुंगानाको चलचित्र ‘धुन’ हलमा लाग्दैछ । यो चलचित्र एसएलसीको मारमा पर्ने विश्लेषण चलचित्र बजारमा सुरु हुन थालेको छ । कृष्ण पौडेलले निर्देशन गरेको यो चलचित्रले प्रदर्शन मिति पछि सार्छ या सार्दैन हेर्न बाँकी छ । तर, सोही मितिमा चलचित्र प्रदर्शन भएको खण्डमा एसएलसी असर ‘धुन’ निर्मातालाई पर्न सक्छ ।

Category:

0 comments