Home �
News
� हिराको गहना दिएर कैदीले ४ प्रहरीलाई गर्भवती बनाएपछि…
Unknown |
04:43 |
0
comments
एजेन्सी । अमेरिकाको एक जेलमा कार्यरत महिला प्रहरीलाई कैदीहरुले गर्भवती बनाएको रहस्य खुलेको छ ।
बाल्टिमोरस्थित जेलमा कार्यरत महिला प्रहरीलाई महङ्गा गरगहना उपहार दिएर गर्भवती बनाएको एक पत्रिकाले जनाएको छ । कैदीहरुको एक समुहले जेलभित्रै जाली–फटाहा काम गर्दै आएका थिए ।
खबरअनुसार ती प्रहरीको शरीरमा ग्याङमा सम्मिलित सदस्यहरुको जस्तै टाटु पनि खोपेको भेटिएको छ । ‘टेवोन ह्वाइट’ नाम गरेको ग्याङले जेलभित्रै गैरकानुनी काम गर्दै आएका थिए ।
ज्यानमार्ने र अवैध सामानको ओसारपसारसमेत गर्दै आएका थिए । फोनमार्फत साथीहरु मार्पmत् लागुऔषधको कारोवारसम्म गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले जेल परिसरमै भएको लागुऔषध कारोबारको घटना पत्ता लगाएपछि १३ महिला प्रहरी र अन्य स्मगलरलाई पक्राउ गरेको बताएको छ ।
स्रोत:नेपाल सन्देश डट कम
Category:
News
0 comments