Home �
� मेरा कोही पनि प्रेमी छैनन्, कसैलाई मन पराउँदिन : नरगिस
Unknown |
06:52 |
0
comments
मुम्बई । फिल्म निर्माता उदय चोपडासँग नाम जोडिदिएकोमा मिडियासँग रुष्ट छिन् नरगिस फाकरी ।
केही मिडियाले उदयसँग नाम जोडे त केहीले उनको सम्बन्ध ऋतिक रोशनसँग घनिष्ट हुन पुगेको कुरा समेत गरे ।
यी सबै कुरा सुनेर दिक्क छिन् नरगिस । उनको कुरा सही हो भने कसैलाई पनि मन पराउँदिनन् रे ।
‘हो मेरो कोही पनि प्रेमी छैन, कसैलाई मन पराउँदिन म ।’ उनले भनिन् ।
हरेक कलाकारको घर, परिवार र साथीभाइ हुन्छन् भन्ने नरगिस मिडियालाई आग्रहको भाषामा भन्छिन् ‘जो कसैको सम्बन्ध छ भन्नुअघि एकपटक तपाई आफै राम्ररी सोच्नुस् ।’
हिन्दी फिल्म रकस्टारबाट बलिउडमा प्रवेश गरेकी नरगिस करिअर बनाउने अभियानमा छिन् ।
Category:
0 comments