Hindi Films

आलोकले निर्देशन गरेको रत्यौली गीत सार्वजनिक(भिडियो)

Unknown | 06:36 | 0 comments

काठमाडौ । शहरमा रत्यौलीको रौनक घटे पनि नेपाली चलचित्र निर्देशकले भने रत्यौलीको महत्व भूलेका छैनन् ।दिवंगत निर्देशक आलोक नेम्वाङको निर्देशन रहेको पछिल्लो फिल्म ‘अझै पनि’को रत्यौली गीत सार्वजनिक भएको छ । मंसिरको महिना बिवाहको मौसम भएकाले रत्यौली गीत सार्वजनिक गरिएको निर्माता सुदर्शन थापाले बताए ।
‘गाउँघरमा अझै पनि रत्यौली खेल्ने चलन भएकाले यो गीत दर्शकलाई पि्रय लाग्न सक्छ ।’ निर्माता थापाले भने । ‘चमक चमक…’बोलको गीतमा चलचित्रका नायक नायिका सुदर्शन थापा र पूजा शर्माको बिहेसँगै अन्य युवतीहरु रत्यौलीमा रमाएको प्रसंग छ । चलचित्रमा फेशन डिजाइनर पूनम गौतमसँग मिलेर निर्देशक सुदर्शन थापाले लगानी गरेका हुन् । पूनम आलोकको अन्तिम कोशेलीलाई उनकै चाहना अनुसार दर्शकमाँझ ल्याउने बताउँछिन् । गीतमा मिथिला शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, बिपना धिमाल लगायतका कलाकारले अभिनय गरेका छन् । १५ फागुनबाट प्रदर्शन हुने यो फिल्म प्रेमकथामा आधारित रहेको छ ।

Category:

0 comments