Home �
News
� मेस्सी र ड्रोग्वाबीच नेपाली म:म खान प्रतिस्पर्धा ( तस्बिर/भिडियोसहित)
Unknown |
07:03 |
0
comments
|
अन्नपूर्ण, काठमाडौं : विश्वका चर्चित फुटबलरद्धय लियोनेल मेस्सी र डिडियर ड्रोग्बा फुटबल मैदानमा एक अर्काका प्रतिस्पर्धी हुन् । उनीहरुबीच नेपाली म:म खान पनि प्रतिस्पर्धा चल्दोरहेछ भन्ने सुन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ ।
ट्रकिस एयरलाइन्सले हालै बनाएको एउटा विज्ञापनमा यी दुई विश्वचर्चित खेलाडीबीच नेपाली मोमो खान भएको प्रतिस्पर्धा देखाइएको छ । विश्वभर उडान भर्ने टर्किस एयरलाइन्सले बनाएको विज्ञापनमा यी दुई खेलाडीलाई विभिन्न देशका परिकार खुवाउन प्रतिस्पर्धा गराइएको छ । जसमा नेपाली म:मले पनि स्थान पाएको छ ।
विज्ञापनमा ट्रकिस खान्कीपछि नेपाली म:म रेस्टुरेन्ट देखाइएको छ । खानाका सौखिन इङ्लिस क्लब चेल्सीबाट खेलिरहेको आइभोरिकोस्टका फुटबलर ड्रोग्बालाई मैदानमा जस्तै खानामा पनि मेस्सीलाई पछार्ने योजना बुन्छन् ।
नेपाली म:म खान उनी विश्वका विभिन्न देश डुल्ने क्रममा सबैभन्दा पहिले नेपाल आइपुग्छन् । एउटा नेपाली रेस्टुरेन्टमा पसेर उनी पलेँटी कस्दै नमस्ते गरी म:म खान बस्छन् । म:म खाँदै गर्दा उनले भित्तामा म:म दिने रेस्टुरेन्टका नेपालीसँग मेस्सीले हात मिलाएको देख्छन् ।
मेस्सीलाई उछिन्न कुदेका उनी पहिले नै मेस्सीले म:म खाइसकेको देखेपछि जिल्लिदैँ जापान लाग्छन् । जापानमा पनि त्यहाँको परिकार मेस्सीले पहिले नै खाइसकेका हुन्छन् । ड्रोग्वा जहाँ पुग्दा पनि त्यहाँ मेस्सीले हस्ताक्षर गरेर राखेको फोटो देखेपछि ड्रोग्वा हैरान हुन्छन् ।
कहीँ जाँदा पनि मेस्सी नै अघि पुगेको देखेपछि ड्रोग्बा पुनः टर्किस एयरलाइन्सको जहाजभित्रैको परिकारमा रमाउँछन् । तर, त्यहाँ पनि जहाजको बाहिरपट्टी मेस्सीकै फोटो देखेपछि ड्रोग्वा थप जिल्लिन पुग्छन् ।
टर्किस एयरलाइन्सले शुक्रबारमात्रै यु ट्यूबमा राखेको यो विज्ञापनको भिडियो भाइरल बन्दै गएको छ । सार्वजनिक भएको दुई दिनमै यो विज्ञापन करिब १० लाखले हेरिसकेका छन् ।
|
Category:
News
0 comments