Hindi Films

आजको राशिफल: वि.सं.२०७१ साल मंसिर ७ गते। आइतबार। सन् २०१४ नोभेम्बर २३ तारिख।

Unknown | 16:55 | 0 comments

 
Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्, सचेत रहनुहोस्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा हुनेछ । इष्टदेवको पूजा–उपासना गर्दा लाभ होला।
Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ। प्रेमको बन्धन कसिने बेला छ। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। व्यावसायिक यात्रा सम्भावना छ।
Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):
काममा अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला।
Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
काममा अवरोध आउन सक्छ। आफूलाई समेत कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्यमा बाधा होला। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिने समय छ।सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।
Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। विश्वासपात्रबाट धोका पाइने समय छ, सचेत रहनुहोला। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।
Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। कृषिकर्म र व्यावसायिक काममा उत्साहजनक सफलता मिल्नेछ। प्रतिस्पर्धाबाट लाभ उठाउन सकिनेछ। आम्दानी बढ्नेछ।
Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।
Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सहयोगीहरूले राम्रो साथ दिनेछन्। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ । कामबाट फुर्सद मिल्नेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): धेरै लगानीपछि कमै फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले त्यत्ति साथ नदेलान्। स्थानान्तरण र टाढाको यात्रा भने सम्भावना छ। वैदेशिक क्षेत्रबाट पनि सामान्य मात्र लाभ हुनेछ। अनावश्यक खर्च र चुनौतीको समय छ । कामका लागि अलि दौडधुप पनि गर्नुपर्ला। तर प्रयत्न गर्दा काम बन्न सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ।
Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला । पढाइलेखाइमा प्रगति हुनेछ । समय उत्साहववर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ।
Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा): व्यापारमा प्रशस्त फाइदा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। मान–सम्मान पाइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। व्यावसायिक काममा खर्च बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्।

Category:

0 comments