Hindi Films

विश्वास र माया गरेको प्रेमीले त अर्की लिएर हिड्यो, अब अरुलाई कसरी विश्वास गर्नु ?

Unknown | 16:53 | 0 comments

सुर्खेत, मंसिर : तेस्रोपल्ट पनि छोरी नै जन्मिएपछि कमाउन भारत गएका जानकी रोकायाका श्रीमान्ले उतै घरजम गरेको खबर आयो । बिहे भएको १२ बर्षपछि जानकीका श्रीमानको मन खोला जस्तै अन्तै फर्कियो । लेखपढ मात्र गर्न सिकेकी ३ छोरीकी आमा ३० बर्षिया जानकी रोकायालाई छोरो नपाएकै कारण देखाएर सासुले दिनदिनै ताना कस्न थालिन् । हुँदा हुँदा सुर्खेत जिल्लाको लेखफर्सा गाविसमा पर्ने श्रीमान्कै घरमा पनि बस्न नपाएपछि जानकीले समाज र सरकारलाई गुहार्नु पर्‍यो । जानकीलाई समाजले साथ दियो । भन्नुहुन्छ “सरकारले पनि साथ दिएकाले २ कट्ठा जग्गामा खेतीपाती गरेर छोरी पढाएकी छु, दुखले घर चलाएकी छु” । तर अप्ठेरोमा परेका जानकी जस्ता धेरै महिलाले समाज र सरकारको साथ पाउँदैनन् । लेखफर्साकै उषा कटवालले प्रेमी र पतिबाट धोका पाएपछि उहाँको संसार एकाएक उजाडियो । १८ बसन्तमा पाईला चालिराखेकी उषा कटवालको अनुहार हेर्दा लाग्छ, बिहे गर्ने बेला बल्ल हुन लागेको छ । तर, ४ बर्ष अघि ८ कक्षामा पढ्दा पढ्दै आफूसित मन मिल्दो केटासित बिहे भयो । उषाका श्रीमान् पनि सानैदेखि पैसा कमाउन भारत आई जाई गर्थे । उषा पनि जानु भयो एकपल्ट श्रीमानसँगै भारत । बिरामी हुँदा, लोग्नेले उपचार पनि गरे । तर, गएको बर्षदेखि श्रीमान्ले उषाको फोन उठाउन छाडे । आफूलाई आफ्नै लोग्नेले चिन्न छाडेपछि उषासित रुनु, कराउनु र धेरैतिर हार गुहार गर्नु बाहेक कुनै उपाय बाँकी रहेन । तर, न बिहे दर्ता, न छोराछोरी, न नागरिकता । त्यसमाथि सासुले दोबाटे र खान नपाएर छोरो पछ्याएकी भनेर घरबाट निकालेपछि उषाको बसाई मावलीमा खुम्चिन पुगेको छ । माईतमा आमा मात्रै छन् र आमाको आफ्नै दुख छ । उषालाई आफू माईत जाँदा आमाको दुख बढ्ला र छिमेकी हाँस्लान् भन्ने पीरले कुटुकुटु मन खान्छ । श्रीमानले भारतमै अर्को बिहे गरेको खबर पाएपछि बस्ने बास मात्र होईन, उषाको परिचय समेत हराएको छ । बिश्वासमा प्रेम बिवाह गरेकी उषा कट्वालसित न नागरिकता छ, न त बिहे दर्ता नै भएको छ । साभार: उज्यालोअनलाइनबाट

Category:

0 comments