Hindi Films

आँखालाई धोका दिने मरिशसको यो झरना,

Unknown | 09:19 | 0 comments


 एजेन्सी । संसारभरमा यस्ता कयौ झरनाहरु रहेका छन् जुन मानिसहरुलाई धेरै आकर्षित गर्दछन्। तर के तपाईले कहिले पानि भित्रको झरनाको बिषयमा सुन्नु भएको छ?  यदि छैन भने पानि भित्र रहेको झरना मध्ये एक झरना मरिशसमा रहेको छ जस्ले पर्यटकहरुलाई खूब आन्नदित गर्दछ ।

हिन्द महासागरको अफ्रीकावाट २०००० किलोमीटरको दूरीमा अवस्थित मारिशसको पश्चिमी तटको नजिक यो झरना रहेको छ । मानिसहरु विच यो झरना वाटरफलको नामले परिचित रहेको छ तर वास्तवमा यस्तो केहि छैन । यो सिर्फ एक दृष्टि भ्रम मात्र हो ।

 यसलाई देखेर वाटरफलको महसुस किन हुन्छ भने बालुवा र गादको तलछटको कारण यहां एक नाटकीय दृश्य उत्पन्न हुन्छ जस्ले गर्दा  समुद्रको पानी भित्र छिर्दछ ।

 यस अन्डरवाटर वाटरफललाई हेर्न संसारभरका मानिसहरु बर्षनै आउने गर्दछन् । साथै यसको समुन्द्र किनारमा मानिसहरुले सुन्दरताको मजा लिने गर्दछन् । जुन पुरै सेतो बालुवाले भरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Category:

0 comments