Hindi Films

कोशेलीमा आशा गर्ने अनि त्येसैमा रमाउने नेपालीलाई यस्ता यस्ता कोसेली दिएर भुलाउदै छन्,मोदी ,कहिले काँही त सद-बुद्धि आएनी हुन्थ्यो हाम्रा नेताहरु को! यस्ता छन् मोदीको कोसेली

Unknown | 10:06 | 0 comments

November 26, 2014
काठमाडौँ , मंसिर १०- सार्क सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर, लुम्बिनी र मुक्तिनाथ नपुगे पनि नेपालका लागि कोसेली भने बोकेर आए । आएलगत्तै भारतीय लगानीमा निर्मित ट्रमा सेन्टर हस्तान्तरण गरेपछि टुँडिखेलमा नेपाली सेनालाई हेलिकोप्टर उपहार दिए । त्यसपछि प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न सिंहदरबार पुगेका मोदीको उपस्थितिमा विभिन्न दश सम्झौतामा दुई देशबीच हस्ताक्षर भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अरुण तेस्रो जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) लगायत महत्त्वपूर्ण हस्ताक्षर भयो ।narendra modi (3) यस्तै, नेपाल प्रहरीको एकेडेमी निर्माणका लागि भारतले उपलब्ध गराउने सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । काभ्रेको पनौतीमा स्थापना गरिने राष्ट्रिय प्रहरी प्रतिष्ठान आयोजना कार्यान्वयनका लागि भारत सरकारले करिब आठ अर्ब ७९ करोड रुपैयाँ अनुदान सहायता प्रदान गरेको छ । प्रतिष्ठान निर्माणसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र भारतीय गृह मन्त्रालयका सचिव स्नेहलता कुमारबीच हस्ताक्षर भएको थियो । यस्तै, नेपालका तीन सहर र भारतका तीन सहरबीच भगिनी सहरको सम्बन्ध गाँसिएको छ । राम र सीतासँग जोडिएको जनकपुर र अध्योध्या, शिवसँग जोडिएको काठमाडौं र बनारस तथा बुद्धसँग जोडिएको लुम्बिनी र गयालाई भगिनी सहर बनाइएको हो । ‘भगिनी सहर भएपछि दुवै सहरका अधिकारीबीच स्थानीय तहमा भ्रमण आदानप्रदान हुनेछ । विकासका अनुभव साटासाट गर्न एउटा सांकेतिक सम्बन्ध गाँसिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यबाहक सचिव पूर्णचन्द्र भट्टराईले भने, नयाँ पत्रिका दैनिकमा खबर छ जनकपुर र अयोध्यालाई भगिनी सहर बनाउने सम्झौतामा भट्टराई र भारतीय राजदूत रन्जित रेले हस्ताक्षर गरेका थिए । त्यसैगरी काठमाडौं र बनारसबीच सम्बन्धको सम्झौतामा राजदूत रे र काठमाडौं महानगरपालिकाका धनबहादुर श्रेष्ठ तथा लुम्बिनी र गयाको सम्झौतामा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यकारी अधिकृत दुर्गानाथ गौतम र राजदूत रेले हस्ताक्षर गरेका थिए । त्यसैगरी पर्यटन क्षेत्रमा सहकार्य गर्न भारत र नेपालबीच पहिलोपटक पर्यटन क्षेत्रमा हस्ताक्षर भएको छ । यसअन्तर्गत भारतमा आउने पर्यटकलाई नेपाल आउन प्रेरित गर्ने र लुम्बिनी र बोधगयामा बुद्धिस्ट सर्किट निर्माण गर्नेलगायतका कार्यक्रम समावेश छन् । नेपालमा आयुर्वेद चिकित्सामा स्नातक गरेकाहरू अब भारतमा स्नातकोत्तर गर्न जान पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या सचिव शान्तबहादुर श्रेष्ठ र भारतीय राजदूत रेबीच सिंहदरबारमा पारम्परिक औषधिको सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालका जुनसुकै विश्वविद्यालयमा अध्ययन गरेको भए पनि भारतीय विश्वविद्यालयले मान्यता नदिँदा आयुर्वेद र होमियो चिकित्साका विद्यार्थीलाई समस्या परेको थियो । ‘यो हाम्रा लागि राम्रो उपलब्धि हो । अब नेपालका आयुर्वेद र होमियो चिकित्सकले मान्यता पाएपछि नेपालको आयुर्वेदको विकासमा टेवा पुग्ने विश्वास लिएका छौँ,’ आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले भने । त्यसैगरी युवाको विकासका लागि पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यसले नेपालका युवाको विकासमा सघाउने उद्देश्य लिइएको छ । त्यस्तै नेपाल र भारतबीच गाडी सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार अब नेपालबाट निजी सवारी निश्चित कर तिरेपछि निश्चित समयका लागि भारतका जुनसुकै सहर जान सक्छन् । यो सम्झौतामा गत महिना सहमति जुटेको हो । यसैगरी मंगलबारबाटै दिल्ली–काठमाडौं बस सञ्चालनमा आएको छ । यस्तै, माटो परीक्षणमा सघाउने मोबाइल टेस्टिङ भ्यान पनि मोदीले कृषि विकास मन्त्रालयलाई उपहार दिए ।

Category:

0 comments