Hindi Films

वीर अस्पतालबाट यसरी बेचिन्छन बिरामी

Unknown | 02:18 | 0 comments

वीर अस्पतालबाट यसरी बेचिन्छन बिरामी पनेरुका आँखा लुटपाटमा केन्द्रित
काठमाडौ ,मंसीर ७– राजधानी बाहिरका सरकारी अस्पतालहरुले बिरामीलाई नजिकका महंगा निजी अस्पतालमा पठाएर कमिसन हात पार्ने गरेका खबर त सार्वजनिक भइसकेको छ । काठमाडौको प्रमुख अस्पतालका रुपमा कहलिएको वीर अस्पतालबाट पनि बिरामी बेचिन्छन् र यसवापत वीरमा कार्यरत कर्मचारीले नियमित अतिरिक्त आम्दानी गरिरहन्छन् भन्दा झट्ट पत्यार नलाग्न सक्छ । आकस्मिक कक्षमा आएका बिरामीका विभिन्न जाँचपडतालका लागि वीरमा समय लाग्ने, मेसिन बिग्रिएको र जनशक्ति नभएका जस्ता अनेक बहाना बनाई महाबौद्ध लगायतका स्थानमा पठाइने गरिएको हो । आकस्मिक कक्षमा आएका बिरामीहरुको रगत, दिसा, पिसाब, पिटिआई, आइएनआर, एलएफटी आदी जाँच गर्न महाबौद्धका क्लिनिक र ल्याबमा पठाउने गरिएको हो । Bir Hopital वीरमै सहजै जाँचपडताल हुनसक्ने उल्लेखित विषय जाँच गर्नुपर्ने बिरामीहरुलाई आफूले सिफारिश गरिएका क्लिनिक र ल्याबमा पठाएर वीरका आकस्मिक कक्षका कर्मचारीले मासिक लाखसम्म बुझ्ने गरेका त्यहींका एक प्राविधिकले रातोपाटीलाई बताएका छन् । उनका अनुसार यसरी बिरामीलाई थप मारमा पारी निजीमा पठाउने वीरका प्राय कर्मचारीले थाहा पाएका अहेब टीका पनेरु पनि हुन् । पनेरुले उमाकान्त चौधरी स्वास्थ्यमन्त्री भएका बेला उनको नजिक रही स्वास्थ्य मातहतका कर्मचारीको सरुवा तथा बढुवामा आर्थिक लेनदेन गरको भनी बदनामी खेपेका थिए । मन्त्री निकट भएर बसिरहँदा चौधरीको समेत छवीमा असर पर्ने महशुस गरिएपछि उनलाई उनैको माग बमोजिम वीर अस्पतालमा काजमा पठाइएको हो । उनले आकस्कि कक्षामा आएका बिरामीलाई अस्पतालममा बेड हुँदाहुँदै पनि निजी अस्पतालमा पठाएर कमिसन लिने गरेका तथ्यप्रति वीरका थुप्रै कर्मचारी जानकार छन् । तर पनेरु अहिले वीर अस्पतालका निर्देशक डाक्टर स्वयंप्रकाश पण्डितलाई रिझाएर अस्पताल वरिपरी रंगारोगन गर्ने काम पनि आफू निकट ठेकेदारलाई दिन सफल भएका छन् । अस्पतालको रंगरोगन गर्ने ठेक्का मिलाए वापत उनले पण्डितलाई समेत दिनुपर्ने गरी २० लाख जति हात परेको आफु निकटका एक आफन्तीलाई बताएका छन् । रङ्गरोगनको सो काम गर्न कसलाई दिने भन्ने विषयमा पनि एमाले र काँग्रेसवीच विवाद भएको थियो । हाल सार्क सम्मेलनका नाममा रंगरोगन र सररफाईका लागि तथा भिआईपी कक्ष निर्माणका निमित्त सरकारले तीन करोड रुपैयाँ प्रदान गरेको छ । हाल सार्क सम्मेलनमा रङ्ग रोगन र सरसफाईको लागि साथै भिआईपि कक्ष निर्माणको लागि सरकारले तीन करोड दिएको तर टिकाराम पनेरुले डा. भुपेन्द्र बस्नेत र निर्देशक पण्डितलाई यो आकस्मिक कार्य हो, त्यसैले टेण्डर नगरिकन काम गर्न सकिन्छ भन्दै कोटेशनको भरमा आफू निकटलाई काम दिई लाखौ झ्वाम बनाउने योजनामा छन् । पनेरु आकस्मिक कक्षमा बस्दा अस्पतालको ल्याबमै हुने दिसा, पिसाव,रगत, पिटिआई, आईएनआर, एलएफटी नजिकको महाबौद्धस्थित क्लिनिकहरुमा पठाई मासिक लाखौं रुपिँया बुझ्ने गर्दथे । अस्पतालमा आईसियु बेड खाली हुँदाहुदै वीर अस्पतालमा बेड खाली छैन भन्दै सहिद मेमोरिएल अस्पताल कलंकी , लाईफ केएर सुन्धरा, भेनस बानेश्वर, महेन्द्रनारायण निधी गौशला पठाई प्रति बिरामी रु पाँचहजार कमिसन वापत लिने गर्दथे । यस विषयमा पटक पटक सञ्चारमाध्यम र स्वास्थ्य मन्त्रालयमा उजुरी परेपनि उनी काँग्रेसका सशाङ्क कोइराला निकट हुँ भन्दै हाल अस्पतालको वार्षिक १५ करोडको खरिद गर्ने सार्वजनिक खरिद इकाईमा जान सफल भएका छन् । यस विषयमा पनेरुसंग सम्पर्क गर्न खोज्दा पनि फोन रिसीभ गरेनन् । यी २०५७ सालदेखि निजामती सेवा ऐन र नियमावली विपरित वीर अस्पतालमा काजमा नै कार्यरत छन् ।

Category:

0 comments