Hindi Films

पुजनासँग रंगीन रात बिताउने अभिलाषा!!

Unknown | 03:48 | 0 comments

पुजनासँग रंगीन रात बिताउने अभिलाषा
उसो त नायिका पुजना प्रधान जयसंगत आश्रममा क्रियाशील भएपछि धेरैले उनले चलचित्रको पर्दामा ग्ल्यामर र हट दृश्य दिन्नन् होला भन्ने सोचाइ बनाएका थिए । तर, सबैको सोचाइमाथि पानी खन्याउँदै पुजनाले खुलेरै बेड सिन दिएकी छिन् । शनिबार बेलुकी करिब ९ बजे अनलाइनखबरको टिम काठमाण्डौको नुतन स्टुडियो पुग्दा पुजना कम्मलले आफ्नो शरीर ढाकेर बसिरहेकी थिइन् । उनी भन्दै थिइन्, ‘आश्रममा बस्ने पुजना र चलचित्रको पर्दामा देखिने पुजना एउटै होइन ।’ आफ्नो ग्ल्यामर छविलाई मर्न नदिने भन्दै उनी यसरी नाङ्गिन तयार भएकी हुन् । निर्देशक राजु गिरी पनि के कम थिए र ? पौने २ लाखमा पुजनालाई यस्तै दृश्यका लागि चलचित्रमा अनुवन्धित गरेका छन् उनले । बारमा बसेर मादकपदार्थमा मस्त भएका नायक अशोक फुयाँललाई पुजना आफ्नो सर्वस्व सुम्पन्न तयार भएकी छन् यस चलचित्रमा । मादकपदार्थ सेवन गरेको समयमा आफ्नो अघि मस्त फक्रेकी युवती देख्दा युवकको जवानी कहाँ काबुमा रोकिन्छ र भन्ने प्रमाण दिएका छन् फुँयालले । पुजनासँग रंगीन रात बिताउने अभिलाषा बोक्दै बेडसम्मको बाटो तताए अशोकले । पुजना अशोकका अघि कम्मलले आफ्नो जवानीलाई ढाक्दै नागिंन तयार भइन् । निर्देशक राजु गिरी, छायांकार रामेश्वर कार्की पुजना र अशोकको राशलीला क्यामेरामा कैद गर्न हतारिए । छोटो स्कर्टमा नशालु बनेकी पुजनासँग अशोकको रोमान्स निक्कै बेर चल्यो । पुजनाले पनि खुलेरै कथाले मागेअनुसारको दृश्य दिइन् । अशोक पनि पुजनासँगको रोमान्समा चुर्लुम्बै डुबे । जब, निर्देशक राजु गिरीले कट भने, अनि मात्र यी दुई बैशालु जोडीको रोमान्स रोकियो । बस्नेत मुभिजको व्यानरमा छायांकन भइरहेको रक्षा नामक चलचित्रका लागि पुजनाले यस्तो उत्तेजक दृश्य दिएकी हुन् । राजु गिरीको निर्देशनमा तयार भइरहेको यो चलचित्रमा एक नेताले राजनीतिमा आफ्नो शक्ति र युवतीलाई कसरी प्रयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।

Category:

0 comments