Home �
News
� सलमानलाई बहिनी विवाहको चटारो
Unknown |
03:10 |
0
comments
|
मुम्बई : प्रेम र विवाहका बारेमा सधैं चर्चामा आउने बलिउड स्टार सलमान खान अहिले विवाहको चटारोमा छन्। तर यो चटारो आफ्नो नभै बहिनी अर्पिता खानको विवाहका लागि हो। सलमान यतिखेर आफ्नो सम्पूर्ण ध्यान बहिनीको विवाहमा लगाएका छन्। होटेल बुक, विशिष्ट पाहुनालाई निमन्त्रणादेखि व्यवस्थापनमा समेत आफैं सहभागी भएका छन्।
समाचारस्रोतका अनुसार खान परिवारको अतिथिको सूचीमा बलिउड हस्ती, व्यवसायीदेखि राजनीतिज्ञसम्म रहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सलमान आफैं पुगेर निमन्त्रणा दिएका छन्। मोदीले पनि खान परिवारको निम्तो स्वीकार्दै विवाहमा सहभागी हुन सक्दो प्रयास गर्ने आश्वासन दिएका छन्। मोदी र सलमानको सम्बन्ध विशेष रहेको छ। मोदीले प्रधानमन्त्रीको शपथग्रहण विशेष अतिथिका रूपमा सलमान र उनका बाबु सलिमलाई निम्त्याएका थिए।
विवाहका लागि राष्ट्/पति प्रणव मुखर्जीलाई पनि निम्त्याइएको छ। सलमान पिता सलिम खान शुक्रबार राष्ट्/पति भवन पुगेर मुखर्जीलाई निम्तो दिएको बताइएको छ। अर्पिताको विवाह सलमान र शाहरुखको सम्बन्ध सुधार्ने राम्रो माध्यम बनेको पनि बताइएको छ।
केही वर्षपहिले प्रेमिका कट्रिना कैफको जन्मदिनमा शाहरुखसँग ठाकठुक परेपछि पानी बाराबारको अवस्थामा पुगेका दुई खान पछिल्लो समय नजिकिन थालेका छन्। सलमानले शाहरुखको घरमै पुगेर निमन्त्रण दिएकाले शाहरुख पनि विवाहमा उपस्थित हुने अपेक्षा गरिएको छ।
शाहरुख विवाहमा उपस्थित भए विगतका सम्पूर्ण तीतो सकिने र दुई खानको सम्बन्ध नयाँ शिराबाट सुरु हुने अनुमान गरिएको छ। त्यतिमात्रै होइन सलमानको पूर्वप्रेमिका ऐश्वर्या रायलाई बुहारी बनाएर भित्र्याएको बच्चन परिवारमा पनि निम्तो पुगेको छ।
अहिले बलिउड बक्स अफिस, हिट, फ्लपको गन्ती होइन सलमान खानकी बहिनीको विवाहमय बनेको छ। नोभेम्बर १८ मा हुने विवाहका कुनै कमी हुन नदिन सलमान लागि परेकाले पनि अर्पिताको विवाहको चर्चा चुलिएको हो।
विवाहका लागि हैदराबादस्थित होटेल 'फलकनुमा प्यालेस' दुई दिनका लागि दुई करोडमा बुक गरिएको छ। उक्त होटेलमा दुई दिनसम्म खान परिवारका पाहुनाका लागिमात्रै खुला रहनेछ। होटेल बुककै हाराहारीमा सजावट खर्च हुने अनुमान गरिएको छ। एजेन्सी
|
Category:
News
0 comments