Hindi Films

प्रियंका चोपराको घरमा यौनधन्दा संचालन भएपछी>>>>

Unknown | 01:03 | 0 comments

मुम्बई—बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपराको स्वामित्व रहेको घरमा यौन धन्दा सञ्चालन हुने गरेको प्रहरीले बताएको छ। यौन धन्दा चलाएको आरोपमा मुम्बइ स्थित उनको घर भाडामा लिएर सञ्चालन गरिएको भेरसोभा स्पामा प्रहरीले छापामारी म्यानेजर र ३ जना महिलालाई उद्दार गरेको हो। अँधेरी स्थित प्रियंकाको सो फ्लाट मनिक सोनीले भाडामा लिएर स्पा सञ्चालन गर्दै आएकी थिइन्। छापा पछि सोनी फरार छिन्। ३ हजार स्क्वायर फिटको घर प्रियंका चोपरा र उनकी आमाको क्लिक नजिकै पर्छ। पक्राउ परेका महिलाहरुलाई पुनर्स्थापना केन्द्र पठाइएको छ। खबर सुनेर प्रियंका आश्चयमा परेको मुम्बइबाट प्रकाशित हुने मिड डेले उल्लेख गरेको छ। भाडा सम्झौता रद्द गर्ने तयारीमा उनी रहेको बताइएको छ।

Category:

0 comments