Hindi Films

सचिन तेन्दुलकरको खुलासा, ‘पेट बिग्रेपछि अण्डरवेयरमा टिशुपेपर लगाएर खेले’

Unknown | 07:28 | 0 comments

एजेन्सी । मास्टर ब्लास्टर सचिन तेन्दुलकरले आफ्नो आत्मकथा ‘प्लेइङ इट माई वे’ मा एक सननसीपूर्ण खुलासा गरेका छन् । उनको यो किताबमा उनले एक दिन आफ्नो पेट खराब भएका कारण अण्डरवयरमा टिशुपेपर लगाएर खेलेको खुलासा गरेका छन् । वल्र्डकप सन् २००३ को सुपर लिग मा १० मार्चमा श्रीलंका विरुद्ध जोहनेशवर्गको वांडर्स मैदानमा खेल हुदा उनी निकै विरामी थिए । तर उनले खेल्नु जरुरी थियो र टिशुपेपर अण्डरवयरमा राखेर मैदान उत्रिएका थिए । सचिनले ‘प्लेइङ इट माई वे’ मा लेखेका छन्, ‘यो मेरो व्यक्तिगत कुरा हो जसले मलाई थोरै शर्मको अनुभुति भइरहेको छ । श्रीलंकाविरुद्धको खेलमा एक दिन मेरो पेट खराब थियो । सायद पाकिस्तानविरुद्धको खेलका दौरानमा आएको पेय पदार्थले हुनसक्छ ।’ सचिनले श्रीलंका विरुद्धको खेलको ९ दिन पहिले पाकिस्तानविरुद्धको खेल जिताउने क्रममा ९८ रनको पारी खेलेका थिए र म्यान अफ दि म्याच समेत भएका थिए । सचिनका अनुसार, ‘मैले बेग्लै बसेर आफ्नो ड्रिंक्स लिएको थिए र सायद यसैले मेरो पेट खराब भइरहेको थियो । हालत यति खराब भयो कि मैले आफ्नो अण्डरवयरमा टिशुपेपर राखेर व्याटिङमा उत्रिनु पर्‍यो । यस दौरानमा मैले ब्रेकको समयमा केही समय ड्रेसिङ रुम छोड्नु परेको थियो । यस दिन मैले साच्चै असहज महसुन गरे ।’ श्रीलंका विरुद्धको उक्त खेलमा सचिनले १२० बलको सामना गर्दै ९७ रन बनाएका थिए । जसको मद्धतले भारत १८३ रनले विजयी भएको थियो ।

Category:

0 comments