Hindi Films

कट्रिनाकै अघि सलमानले सार्वजनिक गरे नयाँ ‘गर्लफ्रेण्ड’

Unknown | 06:51 | 0 comments

एजेन्सी । बलिउड स्टार सलमान खानकी बहिनी अर्पिताको विवाह कार्यक्रम निकै रोचक सावित भयो । बहिनीको विवाहका क्रममा सलमान खानले आफ्नी नयाँ प्रेमिका युलिया वंतुरलाई सार्वजनिक गरेपछि त्यसले झनै रोमान्चकता थप्यो । उनले परिवारका सदस्यलाई परिचय गराएका थिए । उनीहरुबीच सम्बन्ध हुनसक्ने आशंकाहरु यसअघि पनि व्यक्त गरिएपनि स्पष्ट हुन सकेको थिएन । उनीहरुको भेट सलमानको फिल्म एक था टाइगरको छायांकनका क्रममा भएको हो । युलिया मुम्बईमा सलमानको घर नजिकै एक पाँच तारे होटलमा बस्ने गर्छिन । तर, उक्त होटलको बिल सलमानले तिर्ने गरेको पनि चर्चा चलेको छ । सलमानकी बहिनी अर्पिताको विवाहमा उनकी पूर्वप्रेमिका कट्रिना कैफ पनि सहभागी थिइन् । अर्पिताको विवाहमा सलमान र युलिया संगसंगै देखिएका थिए ।

Category:

0 comments