Hindi Films

अपडेटः भेरीमा डुबेको बसवाट २ ओटा शब निकालियो, मृत्यु हुनेहरुको संख्या ७ पुग्यो

Unknown | 06:19 | 0 comments

हेमन्त केसी जाजरकोट, मंसिर ६–विहीवार भेरी नदिमा वेपत्ता भएको यात्रुवहाक बसवाट आज २ वटा शब निकालिएको छ । कर्णाली चिसापानी र पोखरावाट आएको गोत्ताखोरको टिमले पानीभित्र रहेका बसवाट २ वटा शब निकालेका हुन् । नदीको झण्डै १० मिटर तल वस रहेको र वस निकाल्नका लागी डोरीले तान्नेकाम भईरहेको छ । निकालिएका शब मध्ये डाडाँगाउ ४ का दल प्रसाद जैसीको रहेको र अर्को एकको सनाखत हुन वाँकी रहेको छ । त्यस्तै सुर्खेतको जहरेमा भेरीले वगाएको १ वटा लास फेला परेको छ । बसमा अझै ५० भन्दा वढी यात्रु हुन सक्ने अनुमान गरिएको छ । विहान ९ वजे देखी उद्धार कार्य भएपनि अहिले सम्म वस पानी वाट वाहिर निकाल्न सकिएको छैन । प्रहरीका अनुसार अहिले सम्म ७ वटा शब फेला परेको छ । उद्धारमा नेपाली सेना , शसस्त्र प्रहरी, प्रहरी ,स्थानिय जनताहरु , राजनैतिक दल , जाजरकोट क्षेत्र नं १ का सभासद सक्ती वहादुर वस्नेत लगायत खटिएका छन् ।

Category:

0 comments