Hindi Films

डा. गोविन्द केसी मंसिर १ देखि फेरि अनशन बस्ने, केसीले के भने ? (भिडियो)

Unknown | 15:38 | 0 comments

काठमाडौं, कार्तिक २५ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले फेरि अनशन सुरु गर्ने बताएका छन् । गत वर्ष लामो समय अनशन बसेपछि सरकारले डा. केसीसँग सहमति गरेको थियो । सहमतिअनुसार सरकारले कुनैपनि मागको सम्बोधन नगरेपछि उनी आगामी मंसिर १ गतेदेखि फेरि अनशनमा बस्न लागेका हुन् । डा. केसी पुनः अनशनमा बस्ने सूचना पाएपछि प्रधानमन्त्री कार्यालयले सोमबार (हिजो) स्वास्थ्य र शिक्षा मन्त्रालयलाई पत्र पठाए पनि आफूसँग भएको सहमति कार्यन्वयनमा सरकारले चासो नदिएको डा. केसीले बताए । संस्थान सुधार र नेपालको मेडिकल क्षेत्रमा मौलाएको व्यापार रोक्न माग गर्दै डा. केसी यसअघि चारपटक अनशन बसिसकेका छन् ।

Category:

0 comments