Hindi Films

सार्कका राष्ट्राध्यक्ष काठमाडौंमा, विमानस्थलमा भव्य स्वागत, सेनाद्धारा सलामी (भिडियोसहित) |

Unknown | 01:46 | 0 comments

Published: November 25, 2014
काठमाडौं, मंसिर ९ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औं शिखर सम्मेलनमा सहभागी हुन सदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु आउनेक्रम जारी छ । श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षे, अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, भुटानी प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे र माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम काठमाडौं आइसकेका छन् । उनीहरुलाई उपप्रधानमन्त्री बामदेव गौतम र प्रकाशमान सिंहसहितका सरकारका विशिष्ट अधिकृतहरुले पालैपालो विमानस्थलमा स्वागत गरेका थिए । विशिष्ट अतिथिहरुको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी दिएको थियो । राजपाक्षे भने विमानस्थलबाट विशेष विमानमा सीधै लुम्बिनी गएका थिए । ‘शान्ति र समृद्धिका लागि गहन सम्मेलन’ भन्ने सन्देशका साथ यही मंसिर १० र ११ गते हुने शिखर सम्मेलनमा सहभागी हुन सार्क राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखको आगमन भएको हो । बुधबार (भोलि) बिहान सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति गैयुमले १८औं शिखर सम्मेलन सुरु भएको घोषणा गरेपछि सार्कको अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा सहभागी पर्यवेक्षक अस्ट्रेलिया, चीन, इरान, जापान, दक्षिण कोरिया, मौरिसस, म्यान्मा, संयुक्त राज्य अमेरिका र युरोपेली संघका प्रतिनिधिले पनि मन्तव्य प्रकट गर्ने कार्यक्रम छ ।

Category:

0 comments