Hindi Films

राति ट्याक्सी चढ्ने युवती ड्राइभरलाई भन्छन्: ‘पैसा छैन, बरु सेक्स गर’

Unknown | 06:55 | 0 comments

तपाईंको नाम ? विज्ञान तामाङ । घर ? सर्लाहीको मलंगवा, अहिले काठमाण्डु जोरपाटीको माकलबारी बस्छु । उमेर ? बूढो भइयो, (हाँस्दै) ३६ पुगें । घरमा को–को हुनुहुन्छ ? श्रीमती, एउटा छोरा, एउटी छोरी र म । ट्याक्सी चलाउन थालेको कति भयो ? ११ वर्ष । कमाई कस्तो छ ? साहुलाई बुझाएर दिनमा ५÷६ सय बच्छ । लामो ट्रिप पाइयो भने कुनै दिन हजार पनि पुगिहाल्छ । साहुलाई कति बुझाउनुपर्छ ? रातिको ६ सय । ट्याकसी चलाएर परिवार पाल्न पुगेको छ ? पुगेकै छ भन्नुपर्छ । विदेश जानुभन्दा यही ठीक छ । कहिले काहीं पुगेन भने गाउँबाट चामल ल्याएर खान्छु । रातिमा ट्याक्सी चलाउँदा सुरक्षाको डर हुँदैन ? हुँदैन । पहिलापहिला त ‘डेन्जर’ हुन्थ्यो । अहिले सुरक्षा राम्रो छ । म तीनपटक लुटिएको छु । ट्याक्सी चढ्थे, पछि भएकै पैसा लुटेर जान्थे । ट्याक्सी चढेर पैसा नदिने कत्तिको भेटिन्छन् ? त्यस्ता पनि हुन्छन् । पहिला त कति भयो कति त्यस्ता घटना । अहिले कलिकति कम छ । पैसा दिएन भनेर प्रहरीमा उजुरी गर्नुहुन्न ? रातिको समय हुन्छ । एकान्तमा गएपछि लफडा गर्छ । पुलिस खोज्न थाल्नु कि ज्यान जोगाएर भाग्नु ? पुलिस त राति बोलायो भने बिहानतिर पुग्छ । पैसा दिन्न भन्नेहरु कस्ता मान्छे हुन्छन् ? गुण्डा टाइपका केटाहरु । धेरैजसो त केटीहरु हुन्छन् । कस्ता केटी ? म प्रायः ग्राहक कुरेर ठमेलतिरै बस्छु । यहाँ राम्रा–नराम्रा सबै खाले मान्छे आउँछन् । हेर्दा स्मार्ट देखिन्छन् । लिएर गयो । ट्याक्सीबाट झरेपछि दाई पैसा छैन, बरु एकपटक सेक्स गर्नुस् भन्छन् । त्यस्तो कुरा कसरी गर्न सकेका होलान् । लाजै मान्दैनन् भन्या । त्यसो भए मस्ती गर्नु भो ? धत्तेरी । कहाँ त्यस्तो कुरा गर्नुभएको ? उनीहरुले भन्ने मात्र हो । म जान्न । बरु सम्झाएर पठाइदिन्छु । पैसा भएको बेलामा देउ भनेर छाडिदिन्छु । खै ! गफै दिएजस्तो लाग्यो ? रामोराम हो । म त कान समात्छु । कस्ता केटी हुन्, कस्ता । एड्स लाग्यो भने के गर्ने ? गाउँमा एड्स लागेको थाहा भयो भने गाउँमा ‘फलानाको छोरा यस्तो रे’ भन्ने हल्ला चल्छ । त्यस्तो बेलामा बाँच्नुभन्दा मर्नु नै बेस हुने अवस्था आउँछ । अहिले पनि पैसाको सट्टा ‘सेक्स गर्नुस्’ भन्नेहरु भेट्ने गर्नुभएको छ ? (हाँस्दै) अहिले केही वर्षदेखि भएको छैन । बूढो देखेर होला नि । अरु केटाहरुलाई भन्छ भन्छन् । मलाई त त्यस्ता केटी भेटेको भन्दा नभेटेकै जाति । अब त मान्छे चिनिसकियो, त्यस्ता खालका केटी आए भने जान्न भन्दियो । टेन्सनै साफ । ट्याक्सी चलाउन राति राम्रो कि दिउँसोमा ? मलाई त राति नै राम्रो लाग्छ । त्यही भएर राति चलाएको छ । दिनमा जस्तो ट्राफिक जाम पनि हुँदैन रातिमा । नौ बजेपछि कमाई पनि डेढी हुन्छ । मिटर कत्तिको बिगार्ने गर्नुभएको छ ? कहाँ त्यस्तो गर्नु । मार्छ नि ट्राफिकले । kathmandutoday.com बाट
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments