Hindi Films

आर्यनले भने- ‘रेखा संग फिल्म खेल्ने चाहना छैन ‘

Unknown | 07:02 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपाली चलचित्रमा हिम्मतवली छबि बनाएकी रेखा थापा सबै कुरामा चलाख छिन |उनि कसैलाई पनि बाकी राख्दिनन |उनको यहि छविको कारणले गर्दा निखिल उप्रेती ,बिराज भट्ट र आर्यन सिग्देल कसै संग पनि कुरा मिलेन |उनले यी नायक संग चलचित्रमा संगै काम नगर्ने घोषणा समेत गरिन | एक अर्का संग दुश्मनी गरेका तर पनि बारबारको स्तिथिमा नपुगेका नायक आर्यन र रेखा थापा नेपाली चलचित्रमा जमेका कलाकार हुन् |रेखा र आर्यनले आफु हरु संगै काम नगने भनेको हल्लाले चलचित्रको बजार तातेको थियो केहि समय पहिला |अहिले रेखाले आफु आर्यन संग पनि काम गर्न इच्छुक रहेको कुरा चुहाए पछि फेरी अर्को हल्ला सुरु भएको छ |तर आर्यनले यस बिषयमा केहि बोलेका छैन |चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ पछि एकसाथ पर्दा शेयर नगरेका आर्यन र रेखा चलचित्र नगरीकै कट्टर दुश्मन मानिन्छन् । नायक निखिल उप्रेतीसँग चलचित्र खेल्ने तयारीमा लागेकी रेखा अब अहिलेका चल्तीका नायक आर्यन सिग्देलसँग पनि चलचित्र खेल्न तयार भएको बताइरहेकी छिन् ।तर आर्यनले रेखासँग चलचित्र खेल्ने चाहना आफूलाई नभएको भने बताएका छन् ।‘मैले रेखाको बारेमा कहिले पनि मिडियामा केही बोलेको छैन । भोली कथावस्तुमा दुबै जना नभई नहुने बिषय आयो भने स्क्रिन शेयर गर्न सकिएला उनले भने – तर, रेखासँग नै फिल्म खेल्ने चाहना भने ममा छैन ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments