Hindi Films

बलात्कार र यौनहिंसा गर्ने केटाको उपचार अब ‘लिपस्टीक’बाट

Unknown | 06:54 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । भारतीय एक युवतीले महिलालाई बलात्कार र यौनहिंसाबाट बचाउन बिशेष प्रकारको लिपस्टीक बनाएकी छन् । धार्मिक नगरी काशीकी रोमाले तयार पारेको लिपस्टीकले छेडखानी र जिस्काउने घटनाबाट जोगाउने बताएकी छन् । रोमाकाअनुसार २२० भोल्टको करेन्टको झट्का लाग्ने छ । रोमाको यो आविष्कारले महिलाको मनोबल उच्च बनाउनु साथै हतियार बनेकोमा महिलाहरुले खुसी व्यक्त गरेका छन् । पान विक्रेता राम चौरसीयाकी छोरी रोमाले बनाएको सो लिपस्टीकले महिलाको लागि चार चाँद लगाउनुका साथै गलत मानसिकता भएका केटाहरुलाई सबक सिकाउने अनुमान गरिएको छ । कम्प्युटर साइन्सको विद्यार्थी रोमाले सो लिपस्टीकमा एक डिभाइस जोडेको बताएकी छन् । ग्लोबल पोजिसनिङग सिस्टम(जिपिएस) ट्रयाकरको मद्धतले घटना भएको स्थान पत्ता लगाउन सहज हुने छ । केटाहरुले महिलालाई जिस्काउन र हैरानी दिन थालेपछि लिपस्टीकमा रहेको स्वीच दबाएपछि २२० भोल्टको झट्का लाग्नेछ । रोमाको अनुसार सो लिपस्टीक सामान्य सर्किटको मद्धतबाट बनाएको जनाएकी छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments