Hindi Films

नायिका आलिया भट्ट क्रिकेटर महेन्द्रसिंह धोनीकी पत्नी बन्ने !

Unknown | 07:00 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । तस्वीरको पहिलो महिला भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीकी पत्नी साक्षीको हो भने दोस्रो धोनीकी पर्दाकी पत्नी नायिका आलिया भट्टको । क्रिकेटर धोनीको जीवनकथामा आधारित ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ (MS Dhoni: The Untold Story) मा आलियाले साक्षीको भूमिका निर्वाह गर्दै छिन् । उक्त फिल्ममा महेन्द्रसिंह धोनीको भूमिका भने सुशान्त सिंह राजपुतले निभाउने निश्चित भएको छ । ‘हाइ वे’ र टु स्टेट्स’ जस्ता फिल्ममा सफल भूमिका निर्वाह गरेकी आलियालाई साक्षीको भूमिकामा देख्दा निकै रोचक हुने अनुमान गरिएको छ । सुशान्त र आलियासँगै यस फिल्ममा फवाद खान, जोन अब्राहम, गौतम गुलाटी र आफ्ताभने काम गर्ने चर्चा छ । फवादले विराट कोहली, गौतम गुलाटीले जाहिर खान र आफ्ताबले जोगिन्दर सिंहको भूमिका निभाउने बताइएको छ । फिल्मको निर्देशन निरज पाण्डेले गर्दैछन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments