किम कार्दशिन जस्ती बन्न खोज्दा कन्तविजोग (फोटोफिचर)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एक महिनामा उनी थुप्रै म्यागिनको गौरव बन्ने गर्दछिन् । उनको आफ्नै पहिरन र मेकअप ब्रान्ड छ र टेलिभिजनमा छुट्टै रियालिटी सोसहित टन्न बैंक ब्यालेन्स पनि । सायद यहि कारणले होला २३ वर्षीय जोर्डन पार्क पनि किम कार्दासियन जस्तै देखिन चाहन्छन् ।
तर ब्रिटिश मेकअप आर्टिस्टेले किमजस्तै देखिन हद पार गरेका छन् । एक लाख ५० हजार डलर खर्च गरेर किम कार्दासियनको जस्तो स्वरुप पाउने क्रममा उनको आफ्नो स्वरुप भने बिग्रिएको छ जुन निकै भद्दा देखिएको मानिसहरु बताउँछन् ।
जोर्डनले द सन न्युजपेपर दिएको जानकारी अनुसार उनी ३३ वर्षीया किमको रियालिटी सो हेर्दा हेर्दै किमसँग प्रेममा परेको बताउँछन् । ‘मलाई किमको सबै कुरा मनपर्छ । उनी अहिलेसम्मको सबैभन्दा राम्री महिला हुन् । उनको छालाको रङ, उनको कपाल सबै कुराहरु निकै राम्रा छन्’, उनले भने ।
आफ्नो आइडल जस्तै देखिन जोर्डनले अहिलेसम्म बटक्स, ओठ र गालाको फिलर, आँखीभौँ ट्याटु र लेजर हेयर रिमुभललगायत ५० थरिका कस्मेटिक सर्जरी गरेका छन् ।
उनको यो स्वरुपमा थुप्रै मानिसहरुको ध्यान आकर्षित गर्न सफल भएको छ । कतिले उनको यो स्वरुपलाई हेयको दृष्टिकोणले हेर्ने गर्दछन् तर उनलाई यसको केहि मतलब छैन । उनी भन्छन्, ‘मलाई होच्याउन खोज्ने मानिसदेखि मलाई रिस होइन हाँस् उठ्छ । कतिले मेरो स्वरुपलाई नक्कली भन्छन् ।उनीहरुले यसो भन्दैमा म मेरो प्राकृतिक स्वरुपमा जान सक्दिनँ ।’
जोर्डनले भर्खरै किमले गर्ने भ्याम्पायर फेसियल पनि गरेका फोटो सार्वजनिक गरेका छन् । (एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News







0 comments