Home �
� राँगो पालनतिर लागे जनयुद्धका निर्देशक
Unknown |
07:18 |
0
comments
काठमाडौं । माओवादी पार्टीले १० वर्ष सम्म गरेका युद्धका प्रसंगहरुलाई समेटेर निर्देशक बिमल पौडेलले चलचित्र ‘जनयुद्ध’ बनाउँदै गर्दा धेरैले अनुमान गरेका थिए ‘अब नेपाली फिल्मको पनि स्वरुप परिवर्तन हुन्छ ।’
नेपाली चलचित्रले पहिचान स्थापना गर्न सकेन, सिंगो नेपाली फिल्म उद्योग हिन्दी फिल्मको ठिमाह उद्योग भयो भन्दै चिन्ता गर्ने बिमलले बनाएको चलचित्र ‘जनयुद्ध’ ले राम्रो प्रसंसा पाएको थियो दर्शकवाट । फिल्ममा माओवादीले गरेको युद्धलाई महान नभनेर युद्धमा सामेल भएकाहरुको दुःखको एउटा पाटो पनि औल्याएको थियो ।

फिल्म निर्माणको अतिरिक्त नेपाली फिल्मलाई ब्यबस्थित गर्नुपर्छ भन्दै थुप्रै काम गरे । आम निर्देशकलाई भेला गराएर प्रसिद्ध निर्देशकवाट तालिम दिनेदेखि फिल्मको नीति निर्माणमा पनि पहल गरे ।
चितवनमा जन्मिएका बिमलले जनयुद्धको निर्माणसँगै काठमाडौलाई कर्मथलो बनाउने योजना बनाएका थिए । पछिल्लो फिल्म नागरिक बनाउदासम्म काठमाडौमा रहेका निर्देशक पौडेल अहिले चितवन फर्किएका मात्रै छैनन् । नयाँ ब्यापार सुरु गरेका छन्-राँगो पालन ।
गएको कात्तिकमा ५० वटा राँगा बेचेका पौडेल फागुन लगत्तै अर्को लट राँगापालन सुरु गर्ने योजनामा छन् । ‘यो जाडोमा त्यति राम्रो हुँदैन भन्छन, त्यसकारण अर्को लट फागुन लागेपछि सुरु हुन्छ ।’ अनलाइनखबरसंग कुरा गर्दै उनले भने ।
चितवनको आनन्दपुरमा अग्र्यानिक तरकारी खेती गर्ने पनि उनको योजना छ । केही साथीहरुको सहयोगमा अग्र्यानिक तरकारीको लागि माटो परिक्षण लगायतका विषयमा अध्ययन भइरहेको बताए ।
चितवनकै स्थानिय साथीहरुसँग मिलेर फिल्म पनि बनाउँदैछन् । ‘जहाँ बसेर जे काम गरेपनि सिर्जना गर्न त छोड्नु भएन नि ।’ विमलले भने ‘यहाँका साथीहरुसंग मिलेर फिल्म बनाउँदै छु प्रायः कलाकार पनि नयाँ नै हुन्छन् ।’ उनले भने ।
 |
Category:
0 comments