Hindi Films

शाहरुख खानलाई आफ्नै घरको गार्डले भित्र छिर्न नदिएपछि …

Unknown | 04:55 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुम्बई– आफ्नो घरमा अनावश्यक मानिसहरुको प्रवेशमा रोक लगाउनका लागि शाहरुखले थुप्रै सुरक्षा गार्डहरुलाई नियुक्त गरेका छन् । तर त्यहि सुरक्षागार्डले मंगलबार शाहरुखलाई आफ्नै बंगला ‘मन्नत’ भित्र छिर्न रोक लगाएका छन् । तर यो उनको रियल लाइफमा नभई रिल लाइफमा भएको छ । शाहरुख मुम्बईको बान्द्रा ब्याण्डस्ट्याण्डस्थित आफ्नो बंगला बाहिर आफ्नो आउँदो फिल्म ‘फ्यान’ शुटिङ गरिरहेका थिए । उक्त फिल्ममा सेलिब्रिटीको निकै ठूला फ्यानको भूमिका निभाइरहेका शाहरुखले शुटिङको क्रममा एउटा सिनमा मन्नत भित्र जर्बजस्ती छिर्ने अभिनय गर्नुपर्ने थियो । एकातिर उनी जसरी पनि बंगलाभित्र छिर्ने मनसायमा थिए भने अर्कोतर्फ त्यहाँ रहेका सुरक्षागार्डले उनलाई केहि गरेर पनि भित्र छिर्न दिइरहेका थिएनन् । यहि क्रममा त्यहाँ एक प्रकारको भिडन्त जस्तो देखिएको थियो । फिल्ममा उनको आफ्नै घरलाई एउटा सेलिब्रिटीको घरको रुपमा देखाइएको छ । (एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments