Hindi Films

महिलाको सीटमा जुँगामुठे बसेपछि …(फोटो कथा)

Unknown | 05:07 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२५ मंसिर, काठमाडौं । राजधानीमा चल्ने सार्वजनिक यातायातका साधनमा अचेल जतात्यतै महिला, अशक्त र ज्येष्ठ नागरिकका लागि आरक्षण सीट छुट्याउन थालिएको छ । तर, ‘महिला’ लेखिएका आरक्षित सीटमा बलिया बाङ्गा पुरुषहरु कोही ढाकाटोपी ढल्काएर त कोही जुँगा टल्काएर आरामले बसिरहेका भेटिन्छन् । महिलाहरु चाँहि छेउमा चुपचाप उभिन बाध्य बन्छन् । ‘ज्येष्ठ नागरिक’ र ‘अशक्त’का लागि छुट्याइएका सीटमा कनिष्ट एवं बलिया पुरुषहरु बिराजमान हुने गरेका छन् ।
राजधानीमा बासोबास गर्ने सभ्य भनिने पुरुषहरुमा ‘सिभिलाइजेन’को समस्या देखिएपछि सार्वजनिक सवारीमा छुट्याइएका आरक्षण सीटहरु औचित्यहीन बनेका छन् । महिला, अशक्त र ज्येष्ठ नागरिकका लागि छुट्याइएका आरक्षण सीटहरुको कार्यान्वयन कत्तिको भइरहेको छ भन्ने अनुगमन गर्न अनलाइनखरको टोली क्यामेरा लिएर सार्वजनिक बसमा चढ्दा पुरुषहरु महिलाको सीटमा मज्जाले बसिरहेका भेटिए । तपाईहरुले आफ्नो अधिकार लिनुपर्दैन ? अनलाइनखबरको प्रश्नमा एक युवतीले अधिकार खोज्नतिर लाग्दा झगडा हुने बताइन् । पढेलेखेका पुरुषहरुले आफैं कुरा बुझ्नुपर्ने उनले प्रतिक्रिया दिइन् । हेर्नुहोस् भिडियो सार्वजनिक यातायातमा ‘महिला’ लेखिएको सीटमा किन बसेको भन्ने प्रश्न गर्नासाथ अधिकांश पुरुषहरुले हत्तपत्त महिलालाई सीट छाडिदिए । केही युवाले भने पत्रकारसँगै झगडा गर्न खोजे ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments